• १० मंसिर २०८१, सोमबार

टिआरसीको अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्न निर्देशन

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १३ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१’ को मस्यौदा कात्तिक १४ गतेभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।

आयोगको अध्यक्ष र सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको कात्तिक ११ गते आइतबारको निर्णयअनुसार सो निर्देशन गरेको मन्त्रालयका शाखा अधिकृत रामकृष्ण पाठकले जानकारी दिनुभयो ।