सामाजिक सदभावकाे सन्देश दिन देउसी भैलो
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य ढकालको नेतृत्वमा रहेको एमाले बाँकेको देउसी भैलो टोलीलाई शुक्रबार पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले घरमा स्वागत गर्नुभयो ।
एमाले कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा. मानन्धर सिफारिस
नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गर्नुभयो।
तिहार बिदामा चन्द्रागिरि पुगेर काव्यिक भाव पोख्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुभयो।
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ ।
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ।
नेपाल संवतले राष्ट्रिय स्वाभिमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभिमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ।
साफ फुटबलका खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ ।
एमाले चन्द्रागिरि नगर कमिटी कार्यालय उद्घाटन
नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो ।
मनै लोभ्याउने सयपत्री फूलखेती (फोटो फिचर)
मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालको बारीमा मनै लोभ्याउने गरी गरिएको सयपत्री फूलखेती । कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएका अर्याललाई अहिले फूल बिक्री गरेर भ्याइनभ्याइ छ ।
रवि लामिछानेको बयान सकियो
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ ।
नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किनुभएको छ ।
तिहार उज्यालो र प्रगतिपथको पर्व: प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले तिहार उज्यालो र प्रगतिपथको पर्व भएको बताउनुभएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो ।
नेपाल विभिन्न संस्कृति भएको देश : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवम् विभिन्न संस्कृति भएको देश भएको बताउनुभएको छ ।
तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ ।
भूमि समस्या समाधान आयोग गठन
सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।
शर्मालाई उपनिर्वाचनको जिम्मेवारी
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजनको जिम्मेवारी पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ ।
बेरुजु फर्स्योटमा सर्वोच्चको प्रश्न
संसद्को सार्वजनिक लेखा समितिले गरेको बेरुजु लगत कट्टाको विषय र प्रक्रियामा सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।
तत्कालीन मुख्यसचिव अर्याललाई सफाइ
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । खरिद प्रकरणमा जोडिएका अर्यालसहितका उच्चपदस्थ अधिकारीले अभियोगबाट सफाइ पाएका हुन् ।
प्रधानमन्त्री ओलीद्वारा नेपाली खेलाडीको प्रसंशा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल खेलको उपाधि नेपाली टोलीले जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेल खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।