कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रपतिले कात्तिक २५ देखि अजरबैजानको भ्रमण गर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ ।
सहकारी ठगीमा अनुहार होइन, प्रमाण अनुसार कारबाही हुन्छ : गृहमन्त्री लेखक
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ: सभापति खान
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल–भारत सिमामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ : सदस्य गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तिहारको बिदामा सर्वोच्च अदालत खुला रहने
तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
पद्मरत्न तुलाधर जनप्रिय नेताका रूपमा स्थापित : प्रधानमन्त्री
नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि
लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ ।
गण्डकीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
नेपाली समाजलाई झुटा समाचारबाट बचाऔं : उपप्रधानमन्त्री सिंह
पप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गर्नुभएको छ ।
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।
गृहमन्त्रीद्वारा कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन
गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको बुधबार उद्घाटन गर्नुभएको छ ।
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
पुनर्निर्माण अगाडि बढाउनु पर्छ : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्ने बताउनुभएको छ ।
विद्यार्थी बिदेसिएकामा राष्ट्रपति चिन्तित
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
एमालेले अदालतको आदेश पर्खिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गाबारेको थप प्रक्रियामा अदालतको अर्को आदेश कुर्ने भएको छ ।
जुलुस निकालेर सुशासन आउँदैन : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।
सेवा निवृत्त कर्मचारीको सीप उपयोग गरिने
लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने निर्णय गरेको छ ।
ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त
जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त हुनुभएको छ।
विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरूसँग अनुरोध गर्नुभएको छ ।
इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन सक्दैन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताउनुभएको छ ।
तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।