सरकारले गरिबी र भोकमरीबाट जनतालाई तड्पिन दिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ ।
‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ’
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
विपत्तिले जनता फेरि गरिब हुने भए : सांसद सूर्यमान तामाङ
२०२७ वैशाख १ गते बुवा इमान सिं तामाङ र माइली मापा तामाङको कोखबाट काभ्रेपलाञ्चोक जिल्लाको तेमालस्थित खस्पामा जन्मनुभएको हो। मोटो मसालबाट राजनीतिक सुरु गर्नुभएका तामाङसँग तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भएर जनतासँगसँगै काम गरेको अनुभव छ।
पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार देखाऔँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस
नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।
छानबिनको दायरामा भएका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
सरकारको सय दिन: ‘नीतिगत सुधार र श्रम कूटनीति विस्तारमा श्रम मन्त्रालयको फड्को’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवद्र्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी गरेको छ ।
समृद्धिको दिशामा सरकार
सत्ता साझेदार दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।
विरोध गर्ने संस्कृतिले मुलुकलाई निकास दिंदैन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने गरेकाले जिम्मेवार भएर देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पूर्व मुख्यमन्त्री शाहीलाई २५ किलोको माला
हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।
योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : नेता विजुक्छेँ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।
‘सहमतिका साथ संविधान संशोधन प्रक्रिया अघि बढ्छ’
गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।
कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक् अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्यन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने बताउनुभयो ।
सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य
सत्ता साझेदार दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्दैन बताएको छ ।
कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० जना सदस्य मनोनयन गर्नुभएको छ
‘सरकार सही दिशातर्फ उन्मुख छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताउनुभयो ।
दल दर्ताका लागि राजेन्द्र महतोद्वारा निर्वाचन आयोगमा निवेदन
नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्नुभएको छ । शुक्रबार महतोले निर्वाचन आयोगमा सो राजनीतिक दल दर्ताका लागि निवेदन पेश गर्नुभएको हो ।
दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको खर्च निर्धारण
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपियाँ खर्च गर्न पाउने हद निर्धारण भएको छ ।