• १० मंसिर २०८१, सोमबार

दल दर्ताका लागि राजेन्द्र महतोद्वारा निर्वाचन आयोगमा निवेदन

blog

काठमाडौँ, कात्तिक ९ गते । नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्नुभएको छ । शुक्रबार महतोले निर्वाचन आयोगमा सो राजनीतिक दल दर्ताका लागि निवेदन पेश गर्नुभएको हो ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) छाडेर महतोले गत असोज १ गते राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी घोषणा गर्नुभएको थियो ।

आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम पेश गर्नुभएको हो ।


यो पनि पढ्नुहोस