• १ असोज २०८१, मङ्गलबार

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी घोषणा

blog

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो नयाँ पार्टी घोषणा गर्नुहुँदै ।

काठमाडौँ, असोज १ गते । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ । मङ्गलबार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।

संयोजक महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताउनुभयो । उहाँले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने जानकारी दिनुभयो ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब आठ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।