• १२ कात्तिक २०८१, सोमबार

कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ : मन्त्री अधिकारी

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी कार्यक्रममा ।

काठमाडौं, कात्तिक ९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक् अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्यन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने बताउनुभयो । 

सरकारले कतिपय कृषिउपजहरुको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले  कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कार्बाहीको दायरामा ल्याउन जरुरी छ भन्नुभयो । कृषिको बिकासको लागि थप लगानी वृद्धि गर्न  जरुरी रहेको मन्त्री अधिकारीले बताउनुभयो ।  निजी  क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह गर्नुभयो ।

गरिबीबाट मुक्ती पाउनका लागि  पनि प्रत्येक परिवार कम्तीमा  कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको बिषय भएको बताउनुभयो । 

मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताउनुभयो । कृषिमा सहज लगानीको वातावरण बनाउन अवस्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिनुभयो ।