• १२ कात्तिक २०८१, सोमबार

पूर्व मुख्यमन्त्री शाहीलाई २५ किलोको माला

blog

पूर्व मुख्यमन्त्री शाहीलाई २५ किलोको मालाले स्वागत गरिदै ।

कालीबहादुर थापा

हुम्ला, कात्तिक ९ गते । हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।

कर्णाली प्रदेश सरकाको मुख्यमन्त्री हुँदा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको मालासहित च्याँग्राको रौँबाट बनेको राडी (पाखी) ले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । 

गाउँपालिकाले शुक्रबारबाट सुरु गरेको शैक्षिक सप्ताह कार्यक्रमको उदघाटन गर्न हुम्लाको ताँजाकोट गाउँपालिकामा पुगेको शाहीलाई ताँजाकोट चिनाउने मायाको चिनो र २५ किलोको मालाले स्वागत गरेको बताउनुभयो ।

शाही मुख्यमन्त्री भएकै समयमा ताँजाकोटमा विकासका मुलहरु फुटाएको, गाउँपालिकाको कवाडीदेखि डुँग्रीसम्मको सडकका लागि बजेटको विनियोजन गरिएको र शिक्षा र स्वास्थ्यका लागि भवनहरु निर्माण गरिएको तथा कृषि क्षेत्रमा पनि थुप्रै लगानी गरेकाले उहाँलाई यस्तो सम्मान गरेको बताउनुभयो ।