• १० मंसिर २०८१, सोमबार

कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत

blog

काठमाडौँ, कात्तिक ९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० जना सदस्य मनोनयन गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार विभागमा १० सदस्य मनोनयन गर्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्य प्रमुख रहनु भएको विभागमा सभापति देउवाले सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

मनोनित हुनेहरुमा रवि सिंह, आङदोर्जे लामा शेर्पा, गोमाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रकाश मल्ल (राजेश), टेकबहादुर खड्का, यमबहादुर बि.सी, प्रकाशबहादुर सेठ्ठी हुनुहुन्छ ।