• १२ कात्तिक २०८१, सोमबार

रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति

blog

जिल्ला प्रहरी कार्यालय, कास्की । फाइल तस्बिर

सन्तोष सुवेदी
कास्की, कात्तिक ११ गते । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्तकुमार शर्माले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

प्रहरी नायब उपरीक्षक शर्माले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि अनुरोध गर्नुभएको छ ।

‘‘यस्ता तथ्यहीन, भ्रामक एवम् झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।,’’ प्रहरी नायब उपरीक्षक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।