विधेयक प्रमाणीकरणसम्बन्धी सदनलाई जानकारी
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
प्रधानमन्त्री के.पी. शर्मा ओली संसदबाट विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैहुनुहुन्छ ।
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे
नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।
संसद भवनको निर्माण कार्य आधुनिक देखिएन : राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी सङ्घीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
मविरुद्ध नियोजित कदम चालियो : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताउनुभएको हो ।
जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछः सांसद रोकाय
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घीय संसद् भवन निर्माण कार्य सन्तोषजनक छैन : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विकासका संरचनालाई वैज्ञानिकरण नगर्दा विपद्जन्य क्षति बढी भयो : सांसद शेर्पा
राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सङ्घीय संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्ने प्रयास गर्नेछु : उपप्रधानमन्त्री
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
प्रदेश सभाको चौंथो अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ । बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या उजागरमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
संसद्का आगामी कार्यक्रमबारे प्रमुख सचेतकसँग सभामुखको छलफल
सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन
चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।
एक महिनाभित्र निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौँ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताउनुभएको छ ।
राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक मंगलबार प्रमाणीकरण गर्नुभएको छ ।
अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा सांसद पशुपति शमशेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
आर्थिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकको समय परिवर्तन
प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो । आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्यो
संघीय संसद प्रतिनिधि सभाको बैठक सोमबार बस्ने भएको छ। आइतबारका लागि तोकिएको बैठक विशेष कारणले सोमबारका लागि तोकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने
प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।