• ४ साउन २०८१, शुक्रबार

प्रदेश सभाको चौंथो अधिवेशन अन्त्य

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असार ४ गते ।
सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ ।

बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले असार २८ गते नै प्रदेश प्रमुखलाई सिफारिस पत्र पठाएको थियो ।

चौंथो अधिवेशन जेठ १३ गतेबाट सुरु भएको थियो । अधिवेशनभरी आठ वटा बैठक बसेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशभरी कुनै पनि विधेयक पारित भएको छैन ।