• ३० वैशाख २०८२, मङ्गलबार

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको निर्माणको शुभारम्भ कार्यक्रममा सहभागीहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको मङ्गलबार आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुने छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।