• १ साउन २०८१, मङ्गलबार

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

blog

विधेयक प्रमाणीकरण गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौँ, साउन १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक मंगलबार प्रमाणीकरण गर्नुभएको छ । 

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।