प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो।
मेराे धारणा समीक्षागत निष्कर्ष हो, आवेग होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउनुभएको हो ।
देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताउनुभएको छ ।
अझै समय छ, सहकारी ठगलाई पक्राउ गर्नुहोस् : प्रमुख सचेतक शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई मेटमणिको आग्रह - देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु
नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ।
मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय : सांसद खान
जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।
कांग्रेस-एमालेले सहमति सार्वजनिक नगर्दा अन्योल सिर्जना भयो : मुख्य सचेतक पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबिच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताउनुभएको छ ।
विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढ्यो
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ ।
स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न भट्टराईको चेतावनी
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ।
‘राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबिच सहमति भयो’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसदका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बिच सहमति भएको स्पष्ट पार्नुभएको छ ।
नयाँ सरकार संविधान नमिची बनाउनु होलाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।
क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्ररूपमा अगाडि बढेको बताउनुभएको हो ।
आर्थिक सङ्कट डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ ।
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गर्नुभएको छ ।
प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुहुने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार अपराह्नबाट सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो । आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।
सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ ।
देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : सांसद महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।