• १२ साउन २०८१, शनिबार

नयाँ सरकार संविधान नमिची बनाउनु होलाः प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्नुहुँदै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद् नै निल्ने प्रयास गर्ने बताउनुभयो ।

उहाँले कांग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गर्नुभयो । उहाँले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधासहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद् चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’’

प्रधानमन्त्री प्रचण्डले विगतमा संसद् कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गर्नुभयो ।