थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण-२०८१ असार)’ प्रतिनिधि सभामा पेस भएको छ।
जलस्रोत विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयो
प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ । नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको जिकिर थियो ।
केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारले बस्ती बसाउन सुरक्षित स्थानबारे जानकारी दिनुपर्छ : सांसद राणा
नेपाली कांग्रेसका सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाका सांसदहरुले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पूर्व सांसदलाई सरकारले निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल
प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
बाढीपहिरो पीडितको तत्काल उद्धार गर्न सांसदको माग
प्रतिनिधि सभाको आजको आकस्मिक समयमा उहाँहरूले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौँ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराउनुभयो ।
‘सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद’
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताउनुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ साउना–२०८० असार)” पेश गर्नुहुने कार्यसूची रहेको छ ।
संसदमा गीतबाट सवाल–जवाफ
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गित बनेको छ ।
लगानी सहजीकरणसम्बन्धी संशोधन विधेयक स्वीकृत
लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।
शेरबहादुर देउवाको इमानदारीलाई कमजोरी नठान्नुस् : सांसद विक
नेपाली कांग्रेसका सांसद शान्ति विकले कांग्रेसका सभापति शेरबहादुर देउवाको इमानदारीलाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद विकले यस्तो चेतावनी दिनुभएको हो ।
बर्तौलाको प्रश्न, ‘गोजीको राजीनामा कहाँ पुग्यो’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गर्नुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले सो जिज्ञासा गर्नुभयो ।
फाइललाई ‘ब्ल्याकमेलिङ’को माध्यम नबनाउन सांसद कार्कीको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग
प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
शून्य समय : वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरूले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गर्नुभएको छ ।
प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदको माग
नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् ।
विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम
नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनुभएको छ।
लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरणका लागि बाटो खुल्यो
प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।
प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबिच तर्कवितर्क
प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ ।