• २६ पुस २०८१, शुक्रबार

प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा विपदमा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्नुहुँदै  प्रधानमन्त्रीले भन्नुभयो, “हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठुलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराउनुभयो ।