निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
चितवन, पुस २ गते । चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
सुन्तला बजार पठाउने तयारी
म्याग्दी, पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको दुलेमा सुन्तला बिक्रीका लागि प्याकिङ गरेर बजार पठाउने तयारी गर्दै स्थानीय कृषक । तस्बिरः रासस
नेपाल–भारत सीमा नाका आज दिनभरिका लागि बन्द
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ ।
बढ्यो चिसो, बेँसी झरे भेडाबाख्रा
चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाबाख्राका बथान लेकबाट बेँसी झर्न थालेका छन् ।
मुर्रा राँगाबाट चार हजार डोज वीर्य उत्पादन
बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ ।
पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन
पशुमा लाग्ने महामारीजन्य रोगको नियन्त्रणका लागि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनसहित कार्यान्वयन गरिएको छ ।
जुनार किसान दुब्लाउँदै, बिचौलिया मोटाउँदै
जुनारको राजधानीको रूपमा चिनिएको सिन्धुली जिल्लामा यो वर्ष उपभोक्ताहरू महँगो मूल्य तिरेर जुनार उपभोग गर्न बाध्य छन् ।
बेलिब्रिज बनेपछि यातायात सञ्चालन
बाढीपहिरोले बगाएको बाह्रबिसे नगरपालिका–३, खाग्दलखोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । बेलिब्रिज निर्माणसँगै तातोपानी नाकाबाट राजधानी छिर्न लागेका मालवाहक कन्टेनर
विवादित हाकिमले गरे ९८ लाख भुक्तानी
कालीकोटको खाँडाचक्र नगरपालिकाको विवादित कार्यालय प्रमुखले चार दिनमै ९८ लाख भुक्तानी गरेको पाइएको छ । कार्यालय प्रमुखको जिम्मेवारीमा विवाद भएसँगै कामकाजमा अवरोध भए पनि हतारमा भुक्तानी गरेको छ ।
राजमार्गका लागि रुख काट्ने बाटो खुल्यो
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गको वन क्षेत्रका रुख हटाउन मन्त्रीस्तरीय निर्णयले स्वीकृति दिएसँगै रुख कटान गर्ने बाटो खुलेको छ ।
घुर्केसमा घरबास सेवा सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन वृद्धि हुन थालेपछि घुर्केस गाउँमा घरबास (होमस्टे) सेवा सञ्चालनमा आएको छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र पहाडको मनोरम दृश्य अवलोकन गर्न आउनेका लागि घरबास सञ्चालनमा ल्याएको हो । पूर्वी चितवनको शक्तिखोरदेखि उपरदाङगढी हँुदै पृथ्वी राजमार्गको फिसलिङ जोड्ने कृषि सडक सञ्चालनमा आएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ ।
खाद्यान्न जोगाउन उचाइमा भण्डारण
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका विभिन्न गाउँबस्तीमा वन्यजन्तु घरमा छिरेर खाद्यान्नलगायतका अन्नमा क्षति पुर्याउन थालेपछि खाद्यान्न जोगाउन विभिन्न उपाय अपनाउन थालिएको छ ।
‘शैक्षिक गुणस्तर सुधार्न समीक्षा गरौँ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
राजीनामा दिने शिक्षकको लर्को
पछिल्लो समय गुल्मीमा राजीनामा दिने शिक्षकको लर्को लागेको छ ।
भेटियो नयाँ प्रजातिको चरा
कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
‘सञ्चार क्षेत्र पहरेदार बन्नु पर्छ’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका कोशी प्रदेश र मोरङ जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कोइराला निवासमा बधाई दिँदै नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर बन्न नहुने बताउनुभएको हो ।
स्वर्ण महोत्सव स्तम्भ शिलान्यास
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव स्तम्भ शिलान्यास गर्नुभएको छ ।
डायलासिस सेवा अझै भएन सञ्चालन
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी पूरा भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक र प्राविधिक दुवै तयारी भए पनि नयाँ भवन हस्तान्तरण हुन नसक्दा डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीको केही भुक्तानी हुन बाँकी रहेकाले भवन हस्तान्तरण हुन नसकेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री
मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
चार वर्षसम्म पनि बनेन पुल
बाजुराको कोल्टी–मार्तडी सडकखण्डमा पर्ने बाउलीखोलामा चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।
हिउँदमा कर्णाली नदीमा डल्फिन
मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् ।