गौतमलाई भूपि पुरस्कार
यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार असफल गौतमलाई प्रदान गरिने भएको छ ।
विद्युत प्राधिकरणको नाफा तीन महिनामै नौ अर्ब ११ करोड ३२ लाख
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।
घरजग्गाको कारोबारबाट एक महिनामै चार अर्ब राजश्व सङ्कलन
अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो ।
ग्वंगः को ‘मै एक मै अनेक’ लोकार्पित
निबन्धकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित निबन्धकृति ‘मै एक मै अनेक’ एक कार्यक्रमबिच लोकार्पित भएको छ ।
एलिनाको ‘मनमा फुल्ने माया’
गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फुल्ने माया’ सार्वजनिक भएको छ ।
निर्णायक मण्डल घोषणा
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।
कार्यदल गठन
२० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएर पत्रु (स्क्य्राप) गर्ने व्यवस्था कार्यान्वयनका लागि सात वर्षपछि बल्ल कार्यदल बनेको छ ।
संसद् प्रभावकारी बनाउने उपाय खोजी
सङ्घीय व्यवस्थापिका र देशैभरका प्रदेश व्यवस्थापिकाका सभामुख र प्रदेशसभा सचिवहरू अहिले पोखरामा हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरामा उहाँहरू अहिले
रविविरुद्ध अभियोजनको तयारी
हिरासतमा राख्न मिल्ने म्याद सकिँदै जाँदा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेविरुद्ध अभियोजनको तयारी भएको छ ।
सम्पत्ति जफतको मुद्दामा स्वतः निलम्बन नहुने
बिगो असुल तथा सम्पत्ति जफतको हदसम्म मात्र भ्रष्टाचार मुद्दामा प्रतिवादी कायम भएका राष्ट्रसेवक कर्मचारी अब स्वतः निलम्बन नहुने प्रबन्ध हुँदै छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ । यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।
नीतिगत निर्णय कानुनमै परिभाषित
आर्थिक अनियमितता/सार्वजनिक खरिद लगायतका विवादलाई मन्त्रीपरिषद्मा लगेर निर्णय गरी नीतिगतको आवरण दिने प्रचलन बढेको आरोप लागिरहेका बेला संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गरेको छ ।
पदाधिकारी सिफारिस नगरी सकियो म्याद
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समितिको म्याद सकिएको छ ।
कर्णालीमा धान उत्पादन बढ्यो
कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
शुल्क अन्योलले रोकिए परीक्षा फाराम
विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी
नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी बनेको छ ।
बाँझो जग्गामा किवी खेती
वर्षौंदेखि वनमाराले ढाकेको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित
तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
हत्या आरोपमा दुई महिनापछि प्रेमी पक्राउ
पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका ९ कोरिया बस्ने वर्ष २५ को मन्दिपकुमार यादव छन् ।
सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध
सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मङ्गलबार चक्काजाम गरिएको छ।
पूर्वाधार निर्माणले फेरिएको मधुगङ्गा
धनकुटा नगरपालिका २ मा रहेको मधुगङ्गामा पूर्वाधार निर्माणपछि सो क्षेत्रको स्वरुप नै फेरिएको छ ।
मतदाता नामावली दर्ता सुरु
जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मतदाता नामावली दर्ता कार्य सुरु गरेको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता
वडा नं ४ ले महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो ।
विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।