कैलालीका नदीमा बढे दुर्लभ घडियाल
कैलालीका तीन नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् ।
बालबालिकालाई न्यानो कपडा वितरण
जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।
एक हजार पाँच सय मिटर लामो सुरुङ छिचोलियाे
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको झण्डै एक हजार पाँच मिटर लामो सुरुङ छिचोलिएको छ ।
धरानमा राष्ट्रिय झण्डा दिवस मनाइयाे
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा सोमबार धरानमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन गरिँदै
आजभन्दा ई.पू.६२३ वर्ष अघि लुम्बिनीको पवित्र उद्यानमा वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मभए पश्चात माता मायादेवीसहित नवजात सिद्धार्थलाई कपिलवस्तु घर फिर्ता लगेको मार्ग मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन अभियान सुरु गरिएको छ ।
सप्तकोशीको पानी नहरतर्फ ल्याउन समस्या
सप्तकोशी नदीको पानी किसानका गरा गरामा पुर्याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी मोरङ सिचाई योजनाका अधिकांश संरचना जीर्ण भएका छन् ।
मनकामना केबलकार दुई दिन बन्द
मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
यसरी मनाइयो झन्डा दिवस (फोटो फिचर)
काठमाडौँ, पुस १ गते । सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । राष्ट्रिय झन्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको हो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झन्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झन्डा दिवस मनाइन्छ ।
‘दि राइजिङ नेपाल’को वार्षिकोत्सव कार्यक्रम (प्रत्यक्ष प्रसारण)
‘दि राइजिङ नेपाल’को वार्षिकोत्सव कार्यक्रम (प्रत्यक्ष प्रसारण)
सिरक डसना बनाएर मनग्य आम्दानी
सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।
साईपालको चुचुरो
बझाङ, पुस १ गते । बझाङको तलकोट गाउँपालिका९४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । तस्बिरः रासस
बिजयवस्तीको तोरीखेती
पर्सा, पुस १ गते । पर्साको ठोरी गाउँपालिकास्थित बिजयवस्तीमा गरिएको तोरीखेती । तस्बिरः रासस
उच्च क्षेत्रमा रहेको डोल्पाको तिन्जेगाउँ
डोल्पा, पुस १ गते । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ५ स्थित तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ुबिओपीु राख्न पहल भइरहेको छ । तस्बिरः रासस
दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु
दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हर्षोल्लासका साथ मनाइयो उँधौली
प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।
किसानबाट खाद्यले किन्यो नौ करोड बढीको मूल्यको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग नौ करोड रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।
तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले तीन स्रष्टा र एक सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।
नेपाललाई ‘राष्ट्रिय गौरव सम्मान’
ग्लोरी मिडियाले गोरखापत्रकर्मी सुकृत नेपाललाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ ।
स्तरोन्नति कागजमै सीमित
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको स्तरोन्नतिको काम कागजमै सीमित भएको छ ।
रासायनिक मलको प्रयोगले सिमसारमा असर
कोशीटप्पु वन्यजन्तु आरक्षमा रासायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पुर्णेडाँडामा झ्याम्टे मेला
इलामको सूर्योदय नगरपालिका–११ को पुर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ ।
नाका नखोले प्रदेश परिवर्तनको आन्दोलन गर्ने चेतावनी
सङ्घीय र प्रदेश सरकार परिवर्तन भएर नयाँ नेतृत्वमा आउने प्रायः मुख्यमन्त्री तथा मन्त्रीले गण्डकी प्रदेशको दैनिक जीवनसँग जोडिएको नवलपुरको दुम्कीबास–त्रिवेणी नाका अवलोकन गर्ने गरेका छन् ।
खानेपानी आउन थालेपछि स्थानीय दङ्ग
जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङटार डाँडाझेरी धौवादीका ६७ वर्षीय नरवीर मस्राङ्गीमगर पहिलो पटक घरमै खानेपानीको धारा पुगेपछि दङ्ग पर्नुभएको छ ।
आज काठमाडौँ महानगरपालिकामा बिदा
काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।