गाई सुत्केरी भए अनुदान
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान दिने भएको छ ।
चीनबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्ने भनेर सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) चीनबाट आउने गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ ।
अधिकांश बैङ्कको पुसको ब्याजदर स्थिर
निक्षेपको ब्याजदर लगातार घटाइरहेका वाणिज्य बैङ्कहरू पुस महिनामा समालिने भएका छन् ।
महिला श्रमिकलाई खाडी मुलुकमै श्रम स्वीकृति दिइने
श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ ।
पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
‘सरकार परिवर्तन हल्ला मात्र’
गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताउनुभएको छ ।
भैरहवामा सिधा उडान गर्न प्रस्ताव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया सरकारलाई भैरहवाबाट सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।
नर्सिङ सङ्घमा प्राध्यापक शर्मा
नेपाल नर्सिङ सङ्घको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा नेतृत्व समूहको प्यानल विजयी भएको छ ।
विमानस्थल स्तरोन्नति युद्धस्तरमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम एक महिनामा २५ प्रतिशत पूरा भएको छ ।
अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी अप्ठ्याराबारे सुझाव दिन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनी वा नीति नियम आवश्यक भए विज्ञको रायसहित सुझाव पेस गर्न आग्रह गर्नुभएको छ ।
त्रिविमा डिन र निर्देशक नियुक्त
त्रिभुवन विश्वविद्यालयले एकैपटक आठ जना डिन र तीन जना निर्देशक नियुक्त गरेको छ ।
सामाजिक समस्या बन्दै कुकुरको टोकाइ
राजधानीमा भुसिया कुकुर सामाजिक समस्या बन्दै गएको छ । काठमाडौँको त्रिपुरेश्वरमा काम गर्ने सन्तोष पौडेल मूलपानीमा बस्नुहुन्छ ।
अनलाइन सेवा पाउन झन्झट
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा अनुरूप राज्यका निकायले नागरिकलाई अनलाइनमार्फत दिने सेवा पटक पटक ‘जाम’ मा पर्ने गरेको छ ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित (मत सूचिसहित)
नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।
पत्रकार निरौलाको निधन
सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ । इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । निरौलाको मष्तिस्घाटका कारणले निधन भएको हो ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ घटाएको हो ।
स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु
बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो ।
हर्षोल्लासका साथ मनाइयो उधौली
किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।
परिश्रम गर्नेलाई कदर गरौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले परिश्रम गर्नेलाई कदर गर्न जान्नुपर्ने बताउनुभएको छ ।
ब्रदरहुडलाई सिरिजङ्घा गोल्डकप उपाधि
ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ ।
सप्तरीमा स्काेर्पियोको ठक्करबाट एकको मृत्यु
सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियाेले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उँधौली पर्व मनाउँदै किरात समुदाय
धरान उपमहानगरपालिकाको साकेला थानहरुमा आइतबार उँधौली साकेला नाचेर किरात समुदायहरुले उँधौली पर्व मनाएका छन् ।
महिला-पुरुष सुम्हात्लुङ मिनि म्याराथन हुने
चासोक तङनामको अवसरमा पाँचौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।