• १६ वैशाख २०८२, मङ्गलबार

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित (मत सूचिसहित)

blog

नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ३० गते । नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित शर्माको ४ हजार २८२ मत आएको छ । उहाँका प्रतिस्पर्धी विष्टको ३ हजार २०३ मत आएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिनुभयो । मंसिर २८ गते भएको निर्वाचनको परिणाम ३० गते आइतबार अबेर राति सार्वजनिक भएको हो । 

निर्वाचित शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेवारी दिनुभएको थियो । उहाँका प्रतिस्पर्धी  विष्ट युनियनबाट विद्रोह गरी प्रेस सेन्टर लगायतका संगठनको समर्थनमा उम्मेदवारी दिनुभएको थियो । 

निर्वाचन समितिले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य निर्वाचित हुनुभएको छ । उहाँको ४ हजार २३० मत आएको छ । वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवारमा गोविन्द चौलागाइँलाई ५४८ मत, रोशन पुरीलाई २ हजार ८८६ मत आएको छ । 

 त्यसैगरी उपाध्यक्ष (महिला) मा नितु पण्डित ४ हजार ७०५ प्राप्त गरी निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्ष समावेशीमा उमिद बागचन्दले ४ हजार ९२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।


त्यस्तै, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदीबासी जनजातिमा सविन प्रियसनले ३ हजार ५३५ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै अर्का सचिव (मधेसी) मा अशोककुमार तिवारी निर्वाचित हुनुभएको छ । 

सोहीअनुसार कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६५ मत प्राप्त गर्नुभयो । महासंघको ५२ सदस्यीय नयाँ कार्य समितिका लागि निर्वाचन भएको हो । 

७७ जिल्लामध्ये गोरखा जिल्लामा निर्वाचन सम्पन्न हुन नसकेको निर्वाचन समितिका संयोजक खनालले जानकारी दिनुभयो । हेर्नुहोस् नतिजाको पूर्णसूची