‘प्रतिबद्धताका साथ जनतामा जान्छौँ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी नयाँ प्रतिबद्धताका साथ जनतामा जाने दाबी गर्नुभयो ।
एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवस : उपराष्ट्रपति यादव
काठमाडौँ, मङ्सिर ३० गते । उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उपराष्ट्रपति राम सहाय प्रसाद यादवले बताउनुभएको छ । यो दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शुभकामना सन्देशमा नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौली र नेवार समुदायले मनाउने यमरीपुन्हींः (धान्यपूर्णिमा) एवं ज्यापु दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
एक हजार दुई सय कर्मचारीको दरबन्दी स्वीकृत
पोखरा महानगरमा करार कर्मचारीको म्याद थपबारे चर्किएको विवाद साम्य भएको छ ।
गण्डकी अध्यक्षमा पौडेल
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ ।
‘स्थायी सरकार बनाउन गठबन्धन’
नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले मुलुकमा स्थायी सरकार र त्यसको संरचना बलियो बनाउन कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ ।
वायु प्रदूषणको जोखिम
प्राकृतिक स्रोतसाधनको अति दोहनले सीमित मानिसले अकुत धन आर्जन गरे पनि पृथ्वीको मौलिक चरित्रलाई भने खियाइरहेका छन् ।
निजी संस्थाको भ्रष्टाचार छानबिन
निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्ने विषयमा अहिले बहस सुरु भएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाः योमरी पूर्णिमा (योमरी पुन्हि)
नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
योमरी पुन्हीको विशेषता
नेपाल अधिराज्य बहुउद्देश्यपूर्ण संस्कृतिका अनुयायीको निवास हो ।
बिआरआईमा हस्ताक्षर महत्वपूर्ण
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ देखि २० सम्म मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभयो ।
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
एड्स निर्मूल गर्ने मार्गचित्र
दिगो विकासका लागि एचआइभी/एड्स चिन्ताको विषय बनेको छ ।
निरोधात्मक उपचार प्राथमिकतामा: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोधात्मक उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको शनिवार उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्यको बारेमा सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले सरकारको ठुलो रकम खर्च गर्नु परेकोले निरोधात्मक अस्पताल बनाउन लागिएको बताउनुभयो ।
सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याएको छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर ३० गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभएको छ ।किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गर्नुभएको छ । कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको बताउनुभएको छ । “हाम्रो देश नेपाललाई संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरिएको छ । हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, आस्थाअनुसार धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उहाँले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको बताउनुभएको छ ।
उधौली पर्वः योमरी पुन्हि (ज्यापु दिवस) धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ ।
चितवन प्लेअफको सँघारमा
कप्तान कुशल मल्लले पहिलो पटक आफ्नो छवि अनुरूप विस्फोटक अर्धशतक बनाएपछि चितवन राइनोजले शनिबार शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सलाई ३२ रनले हराएर नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफमा सँघारमा पुगेको छ ।
वसन्त निरौलाकाे नयाँ चलचित्र ‘दशमी’
निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ ।
‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर रिलिज
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
नृत्य पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’
चलचित्र निर्देशक विकास घले गुरुङ लिखित नृत्यसम्बन्धी पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक गरिएको छ ।
‘मायामा देख्छु तिमी नै’ सार्वजनिक
गीतकार डम्बर बिकेलको रचनामा नयाँ प्रेमिल गीत ‘मायामा देख्छु तिमी नै’ सार्वजनिक भएको छ ।
‘अभिनन्दन ग्रन्थ’ लोकार्पण
योगी नरहरिनाथको दोस्रो ‘अभिनन्दन ग्रन्थ’ को लोकार्पण गरिएको छ ।