उत्पादनमूलक क्षेत्रबाट आशा
काभ्रेपलाञ्चोक घर भएका एक मित्र नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा आचार्य प्रथम वर्षमा अध्ययन गर्दागर्दै बेलायत गए । उनी नेपालमा कर्मकाण्ड पेसामा आबद्ध थिए
वास्तविक पाठशाला नै घर
हरेक व्यक्तिको पहिलो सिकाइ घरबाटै आरम्भ हुन्छ र पहिलो शिक्षिका आमा नै हुन्छिन् ।
रंगेहात घुस सहित पक्राउ परेका असईलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार फेरी सर्वोच्चमा
काठमाडौँ, मङ्सिर २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो । सो सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो । आयोगले घूस रकमसहित पक्राउ गरेको प्रहरी सहायक निरीक्षक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो ।यस्तै, आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ । सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो । प्रतिवादीले गैरकानुनी रूपमा घूस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो । सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
खुम्बु क्षेत्रमा उडान नरोक्न ध्यानाकर्षण
नेपाल नागरिक उड्डयन प्राधिकरणले खुम्बु क्षेत्रमा जारी रहेका उडान रोक्ने सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
भैरहवामा आरएनपी एआर जडान प्रक्रिया सुरु
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया सुरु भएको छ ।
चितुवा नियन्त्रण गर्न पासो थापियो
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।
‘रेमन्यान्ट्स’ ले जित्यो अवार्ड
१२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा धनराज बार्कोटे निर्देशित चलचित्र रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ ।
पुराना चलचित्रको ‘अर्काइभ’ गरिने
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’ सहित १० नेपाली चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ ।
‘ओ पेङ्दोर्जे’ लाई पहिचान पुरस्कार
पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ ।
‘सोल्टिनी’ मा राई अनुबन्धित
निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’ मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सनविक्रम राई अनुबन्धित हुनुभएको छ ।
व्यापार नीति पुनर्विचार गर्न सुझाव
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
वैदेशिक लगानी छ अर्ब भित्रियो
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा झन्डै छ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालन
पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि उपयोगमा ल्याएने नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
विश्व बैङ्कद्वारा तेह्र अर्ब साठी करोडको सहायता अनुमोदन
विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ ।
माओवादीले पार्टी प्रवेश गर्नेलाई जिम्मेवारीमा प्राथमिकता दिने
नेकपा (माओवादी केन्द्र) ले अन्य पार्टीबाट प्रवेश गर्ने नेता कार्यकर्तालाई जिम्मेवारीमा विशेष प्राथमिकता दिने भएको छ ।
विपतका घटनाबाट चिन्तित चुरे फेदी
शुक्लाफाँटा नगरपालिका चुरे फेदीको बस्तीमा विपत्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।
प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक
निजामती सेवाबाट अलग गरी स्वायत्त रूपमा संसद् सेवा गठनको स्मरणमा सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस मनाएको छ ।
प्रमुख सहरका वायु अस्वस्थकर
नेपालका प्रमुख सहरको वायुको गुणस्तर अस्वस्थकर बन्दै गएकाले गुणस्तर सुधारका लागि सामूहिक पहलको खाँचो रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।
शोभाकलीको वात्सल्यमा उपहारकली
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
पत्रकार महासंघ बर्दिया अध्यक्षमा घिमिरे
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
पलाँतामा ट्याङ्की छ, पानी छैन
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।