• २९ मंसिर २०८१, शनिबार

पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित

blog

नवनिर्वाचित सचिव र उपाध्यक्षको बीचमा अध्यक्ष रेग्मी। तस्बिरः राजु लामिछाने

राजु लामिछाने 

रुकुमपश्चिम, मङ्सिर २८ गते। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट  रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । 

कुल ४४ मत खसेकोमा रेग्मीले २३, उहाँका निकटम प्रतिद्वन्दी  प्रविर ददेलले १६ र अमरराज पुनले ५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। त्यसैगरी उपाध्यक्षमा देवकुमार ओलीले २४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दिवस पोखरेलले १५ र समाजवादी प्रेस संगठनका भरत चन्दले ४ मत ल्याउनुभएको छ । 

सचिव पदमा २६ मतसहित दिपेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी परिचन्द्र खत्रीले १७ मत पाउनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित तीनैजना प्रेस सेन्टर निकट हुनुहुन्छ। 

साधारण सदस्य ६१ जना रहेकामा ४४ मत खसेको थियो । १ मत बदर भएको छ । महिला उपाध्यक्ष, खुला सहसचिव, समावेशी सहसचिव र कोषाध्यक्षमा यसअघि नै निर्विरोध भइसकेका छन् ।

महिला उपाध्यक्षमा सुमित्रा केसी, सहसचिव खुलामा प्रचण्ड खत्री र  सहसचिव समावेशीमा छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध हुनुभएको छ ।

त्यसैगरी दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रिय परिषद सदस्यमा गणेश विक पनि निर्विरोध हुनुभएको छ।

महिला सदस्य, आदिवासी जनजाति सदस्य, खुला सदस्य, अन्य सदस्य, प्रदेश परिषद सदस्य र प्रदेश समावेशी सदस्यमा गरी ६ पदमा भने कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन समितिमा सदस्य अधिवक्ता अमर ओलीले जानकारी दिनुभयो ।