हरेक व्यक्तिको पहिलो सिकाइ घरबाटै आरम्भ हुन्छ र पहिलो शिक्षिका आमा नै हुन्छिन् । हामी सबैले कुराको गहिराइ जानेका, बुझेका र यथार्थबोध पनि गरेका छौँ । प्रसङ्ग पुनः कोट्याएर बहस, छलफल, वादविवाद र तर्कवितर्क गरिरहनुको कुनै तुक वा औचित्य छैन । कुनै पनि मानिस घर परिवारमा के कस्तो वातावरणमा हुर्कियो, कुन किसिमको माया, ममता, सद्भाव, प्रेम र स्नेह पाएर बढ्यो तथा साथीभाइ सहपाठी के कस्ता थिए जस्ता कुराले उसको व्यक्तित्व निर्माणमा महìवपूर्ण भूमिका खेलेको हुन्छ । यसर्थ कुनै मानिसको व्यक्तित्व अध्ययन र उसको सफलता/असफलता अध्ययनका लागि घरपरिवारको अध्ययन हुनु अति आवश्यक छ । यही कुरालाई आधार मानेर उसको वर्तमान पढ्दै भविष्य यात्राको आकलन पनि गर्न सकिन्छ ।
बाल्यकालीन विकासको जगमा नै हरेक मानिसमा सोच र चिन्तनको विकास हुन्छन् । विश्वास र आस्थाका आधारहरू निर्माण हुन्छन् । मनमा जन्मेका धारणाले सार्थक बन्ने सुअवसर पाउँछन् । घर खासमा घर हुनुको कारण सामाजिक परम्परा, मूल्य, मान्यता, व्यवहार, आस्था, विश्वास र विचारहरू त्यहीँ बन्दै जान्छन् । अपवाद छाड्ने हो भने बाल्यवयमा घरमा जे सिकियो वा सिक्न उत्प्रेरित गरियो त्यही आधारमा बालकको भविष्य निर्माणको शृङ्खला आरम्भ हुन्छ । यी र यस्ता कुरा सबै समाज वा समुदायमा लागु हुन्छन् । सबैतिरबाट देख्न र बुझ्न सकिने यथार्थ यही हो तर हाम्रो ध्यान यतातिर पुग्न सकिरहेकै छैन । बाहिरी र देखावटी भुलभुलैयाले मन मस्तिष्कमा खाँबो गाडिरहेको छ । हामी विषयको गहिराइसम्म नपुगी बाहिरी संसारमा हराइरहेका छौँ ।
माथि प्रसङ्ग कोट्टिइसकेको छ, घर मानव जातिको पहिलो पाठशाला हो । पहिलो पाठशालामा सिकेको कुराले जीवनमा ठुलो प्रभाव पार्छ । यसर्थ घरभन्दा अन्य ठुलो पाठशाला संसारमा अरू हुन सक्दैन । पहिलो पाठशालाबाट सिकेका ज्ञानले जीवनमा विशेष महìव राख्छ । बालबालिकालाई जीवनमा कुन बाटो हिँडाउने, कसरी हिँडाएर कहाँ पु¥याउने यो कुराको निक्र्योल घरबाटै हुन्छ । घरमा बा, आमासहित हजुरबा, हजुरआमा र अन्य सदस्यबाट प्राप्त हुने ज्ञान र सिपको अथाह भण्डार हुन्छ । यसर्थ सिक्ने सिकाउने र बुझ्ने बुझाउने कुराको आरम्भ घरैमा गरिनु आवश्यक छ । यसको अर्थ हो सिकाइको आरम्भ घरबाट हुने भएकाले बालबालिकालाई ज्ञान, बुद्धि र सिपको विकास गराउन घर अति महत्वपूर्ण हुन्छन् तर हाम्रा घर घर जस्ता छन् कि छैनन्, तिनीहरूमा ज्ञान, चेतना, बुद्धि, विवेक र नैतिकता सिकाउने क्षमता कत्तिको छ यी कुरामा ध्यान पु¥याउनु आवश्यक छ । हाम्रो घर घर जस्तो बनाउने दायित्व हाम्रै हो । अन्य कसैले आएर हाम्रा घर बनाइदिँदैनन् । यति सोच्न सके हाम्रा घर साँच्चै घर र पहिलो पाठशाला हुने छन् ।
बालबालिकाको प्रारम्भिक सिकाइमा घरको ठुलो महत्व रहने कुरामा कसैको विमति छैन । बालबालिकालाई घरले जे जस्तो बाटो हिँडाउने प्रयत्न गर्छ, ती त्यस्तै बाटोबाट हिँड्न अग्रसर रहन्छन् । यसर्थ उनीहरूको पालनपोषणदेखि रेखदेख र स्याहारसुसारसम्मका कार्यहरूमा विशेष ध्यान दिनु अति आवश्यक छ । घरमा प्रारम्भिक अवस्थामा उचित स्याहारसुसार र संरक्षण नपाएका बालबालिकालाई सहज बाटोबाट हिँडाउन कठिन हुन्छ । हाम्रो ध्यान यतापट्टि पटक्कै जान सकिरहेको छैन । विद्यालय पठाए सबैथोक हुन्छ, गर्नुपर्ने जति उसैले गरिदिन्छ, यो उसको जिम्मेवारी नै हो, हामी यही मान्यता बोकेर हिँडिरहेका छौँ तर यस मान्यताले फाइदाको साटो हानी पु¥याइरहेको छ यो कुरामा प्रवेश गर्न सकिरहेका छैनौँ । बालबालिकालाई घरायसी वातावरणमा सिकाउनु आवश्यक छ । घरायसी वातावरणमा परिवारका सदस्यहरूबाट जति सिक्छन् त्यति अन्यत्रबाट सिक्न कठिन छ । सिकाइ एउटा कर्म हो यसका लागि कामना गररेर पुग्दैन । ठोस र सकारात्मक कामले मात्र सफलता प्राप्त गर्न सकिन्छ ।
हामी अधिकांश अभिभावक आफ्ना सन्तानलाई कुन बाटोबाट कसरी हिँडाएर कहाँ पु¥याउने भन्नेतिर गहिराइका साथ सोच बनाउन नै सक्दैनौँ । बनायौँ भने पनि सही रूपले कार्यान्वयनतिर जाँदैनौँ । कार्यान्वयन नगरिएको सोचले कुनै काम गर्न सक्दैन । त्यस्तो सोच कल्पनाभन्दा बढी केही पनि हुँदैन । उचित समयमा आवश्यक सोचका साथ सुझबुझपूर्वक घर परिवारबाट आवश्यक काम नगरिएका कारण हाम्रा बालबालिका असल गन्तव्य भेट्टाउन असमर्थ भएका हुन् । यो कुरालाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र त्यो दिशामा जानु अति आवश्यक छ । आजसम्म यस्ता काम आवश्यक मात्रामा नभएका कारण हाम्रा बालबालिकाका पाइला पछाडि परिरहेका हुन् ।
अझै पनि घरलाई जीवनको सबैभन्दा ठुलो पाठशाला ठानेर काम नथालिए भविष्यमा अशुभ परिणाम निम्तिने सम्भावना प्रचुर छ । समस्या बाजा बजाएर वा जानकारी दिएर आउँदैन । त्यो अकस्मात् आउँछ र समस्याको पहाड उभ्याइदिएर आफ्नो बाटो लाग्छ । यसर्थ बेलैमा सोच्नु अति आवश्यक छ । हाम्रा अधिकांश घर साँच्चै घर बन्न नसकेका कारण आज घर घरमा अनेकौँ समस्या आएका हुन । दिनप्रतिदिन विविध घटना परिघटना घटेका हुन् । एक पुस्ताको अर्को पुस्तामा रहनु पर्ने मायाको मात्रा घट्दै गएको हो । बालबालिका विदेशप्रति मोहित बन्दै गएका हुन् । आफूसँग केही छैन जे छ परायसँग नै छ भन्ने विचारले उनीहरूको मन मस्तिष्कमा घर गरेको हो । यी सब घर घर जस्ता हुन नसकेका कारण निम्तिएका समस्या हुन् । तिनीहरूले घरमा घरायसी वातावरण पाउन सकेका भए यस्ता समस्या अत्यन्तै कम हुने थिए । परदेश मोह पनि त्यति विकराल रूपमा देखिने थिएन ।
हामी आजका लागि आजै सोचिरहेका छौँ । आजका लागि हिजो सोच्नु पर्ने थियो । हामी यहीँनेर चुक्यौँ । अहिले त्यही कारण अप्ठेरो अवस्थामा आइपुगेका हौँ । आज भोलि पर्सिको लागि सोच्ने बेला हो । यसर्थ दीर्घकालीन सोच बोकेर भोलिको निम्ति बाटो बनाउनु आवश्यक छ । यसले मात्र सुखद परिणाम दिन सक्छ । कामको थालनी जति चाँडो छिटो आरम्भ गर्न सकिए त्यति चाँडै बाटो सरल र सहज बन्छ । तर हामी अधिकांशका ध्यान बालबालिकातिर जान सकिरहेको छैन । विभिन्न चटारा र हतारामा रुमल्लिएका छौँ । उनीहरूका हेरचाह र स्याहारसुसार तथा शिक्षादीक्षालाई सामान्य ठानिरहेका छौँ । यो काम कसैलाई जिम्मा दिँदा हुने ठानेर त्यही अनुसार गरिरहेका छौँ । यही सोचका हाम्रो बाटो बिग्रिएको हो । हामीपछि परेका मात्र हाइनौँ सन्तानविहीन बन्दै गइरहेका पनि हौँ । यो विषयमा गम्भीरतापूर्वक सोचिनु अति आवश्यक छ ।
हरेक व्यक्तिको मन मस्तिष्कमा राम्रो नराम्रो वा सकारात्मक नकारात्मक धारणा विकास घरबाटै हुन्छ । यो सिकाइरहनु, बुझाइरहनु र सम्झाइरहनु पर्ने विषय नै होइन । यस्ता सन्दर्भ वा प्रसङ्ग बालबालिका आआफ्ना घर परिवारका सदस्यबाट आफैँ सिक्छन्, बुझ्छन् र मनन् गर्छन् । घरमै सोच, विचार, विश्वास र चिन्तन क्रमशः विकास हुँदै जान्छ । हामीले सोचे झैँ बालबलिकाका दिमाग खाली र रित्ता कहिल्यै हुँदैनन् । सिकाइ शून्य हुन्छ भनिने विचार सत्य निकट छैन । यसो भनेर अहिलेसम्म आत्मरतीमा रमाउन हामी खोजिरहेका छौँ । सत्य खोजीमा भन्दा होहल्लामा रमाउने प्रवृत्ति अधिक रहेको यो एउटा ज्वलन्त प्रमाण हो ।
घरमा सिकाउन सकिँदैन वा सिक्न खोज्दैनन् यस्ता विचार पनि यदाकदा भेटिन्छन् तर यो यथार्थ विचार किमार्थ होइन । नसकिए किन सकिएन ? आवश्यक ध्यान दिन नसकिएको पो हो कि ? यो सोच्नु आवश्यक छ तर यतातिर हाम्रो ध्यान पटक्कै पुग्न सक्दैन । यसैले बाटो नदेखेर आज पनि निरन्तर अलमलिइरहेका हौँ । विद्यालयलाई सन्तान जिम्मा लगाउन पाए सम्पूर्ण दायित्व सकिन्थ्यो वा पूरा हुन्थ्यो भन्ने हाम्रा आँखा अगाडि अनगन्ती वा बग्रेल्ती छन् । ती आँखा र मस्तिष्क विद्यालयलाई सबथोक देख्छन् । आफ्नो हैसियत र औकात चाहिँ मूल्याङ्कन गर्दैनन् । बालबालिका के चाहन्छन्, कस्तो वातावरणले सिकाइमा भरथेग गर्छ यतातिर ध्यान जाँदै जाँदैन ।
एउटा असल घर जीवनोपयोगी विश्वविद्यालय हो । अझ त्योभन्दा पनि माथि भए त्यो पनि हो । विश्व विद्यालयले त पाठ्यक्रमले तोकेको विषयवस्तु पढाउँछ । आफ्नो काममा पारङ्गत पनि बन्न सघाउँछ । व्यक्तिमा निहित क्षमतामा निखार ल्याउन मद्दत गर्छ । जीवनको दिशा निर्धारणमा सहयोगीको भूमिका पखेल्छ तर यति हुँदाहुँदै पनि घर र विद्यालयका बिच ठुलो अन्तर छ । घरको विकल्प विश्वविद्यालय किमार्थ हुन सक्दैन । आजका हामी अति व्यस्त छौँ । हामीसँग समयको पाबन्दी छ । चाहेको कुरा गर्न र भनेको ठाउँमा पुग्न कठिन छ । जीवन दिनप्रतिदिन साँघुरो, असजिलो र अप्ठेरो भइरहेको छ । यति हुँदाहुँदै पनि बालबालिकाको पहिलो सिकाइका निम्ति सबैभन्दा उपयुक्त स्थान घर नै हो । यो कुरा कुनै पनि हालतमा बिर्सन हुँदैन ।