• १५ कात्तिक २०८२, शनिबार

फरार ४१ प्रतिवादी पक्राउ

blog

लीलाधर वली

घोराही, कात्तिक १४ गते । दाङमा प्रहरीले एक महिनाको अवधिमा ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन गरिएको विशेष अभियानअन्तर्गत दाङमा प्रहरीले असोज १६ देखि कात्तिकको १४ गतेसम्म ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ परेका प्रतिवादीबाट ९० हजार सातसय ७० रुपियाँ नगद जरिवाना तथा १५ वर्ष चार महिना २० दिनको कैद फैसला भएको थियो । 

खोजतलासका क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर कैद सजाय भुक्तानका लागि जिल्ला अदालत दाङमा बुझाइएको र त्यहाँबाट कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभएको छ ।