विपतका घटनाबाट चिन्तित चुरे फेदी
शुक्लाफाँटा नगरपालिका चुरे फेदीको बस्तीमा विपत्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।
प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक
निजामती सेवाबाट अलग गरी स्वायत्त रूपमा संसद् सेवा गठनको स्मरणमा सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस मनाएको छ ।
प्रमुख सहरका वायु अस्वस्थकर
नेपालका प्रमुख सहरको वायुको गुणस्तर अस्वस्थकर बन्दै गएकाले गुणस्तर सुधारका लागि सामूहिक पहलको खाँचो रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।
शोभाकलीको वात्सल्यमा उपहारकली
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
पत्रकार महासंघ बर्दिया अध्यक्षमा घिमिरे
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
पलाँतामा ट्याङ्की छ, पानी छैन
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।
पत्रकार महासंघ दाङमा निर्विरोध नेतृत्व
नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा क्रियाशील सञ्चार सम्वद्ध संघ संगठनबिच भएको सहमतिअनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि सन्तोष सुवदीसहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
पाँच जना फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका ५ जना प्रतिबादीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत प्युठानले दोषी ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
गोरखापत्र प्रतिष्ठान अध्यक्षमा श्रेष्ठ निर्वाचित
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । बुधबार यहाँ भएको निर्वाचन कार्यक्रमअनुसार अध्यक्ष पदमा श्रेष्ठ, राधा चालिसे र सरोज ढुङ्गेलको उम्मेदवारी दर्ता भएको थियो ।
दरौखोलामा छाडियो ८० हजार भुरा
अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दरौखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडिएको छ । नेपाल विद्युत् प्राधिकरण काली गण्डकी ए जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा ठेड, गर्जि र हाडे जातका माछाका भुरा दरौखोला केवरेखोला र दिर्जे खोलामा छाडिएको हो ।
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
मार्टहरुमा बढ्यो चोरीका घटना
जिल्लाका मार्ट पसलमा चोरीका घटना बढेको छ । पछिल्लो दुई हप्तामा तीनवटा मार्टमा पाँच पटक चोरी भएको प्रहरीले जनाएको छ । सदरमुकाम कावासोतीमा रहेको फेमिली पोइन्ट मार्टमा नै तीन पटक चोरी भएको छ ।
पोखरामा राखियो ‘आँखा बा’को प्रतिमा
पोखराको हिमालय आँखा अस्पतालमा ‘आँखा बा’ उपनामले परिचित प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।
मोटरसाइकल दुर्घटनामा पैदलयात्रीसहित चालक घाइते
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् ।
नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ ।
दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला
यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।
क्यामिनकोट भैरव मन्दिर
तनहुँ, मङ्सिर २८ गते ।प्रचारप्रसारको अभावमा रहेको तनहुँको व्यास नगरपालिकाको टाकुरामा अवस्थित क्यामिनकोट भैरव मन्दिर । तस्बिरः रासस
हरियो तरकारी खरिद बिक्री
सुनसरी, मङ्सिर २८ गते । सुनसरीको इनरूवा नगरपालिका–४ स्थित थोक तरकारी बजारमा हरियाे तरकारी किनमेल गर्दै स्थानीयवासी । तस्बिरः रासस
स्याउको व्यापार
मुस्ताङ, मङ्सिर २८ गते । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बिक्रीका लागि सडक किनारामा राखिएका स्याउका पोकाहरु । तस्बिरः रासस
काउली गोडमेल गर्दै किसान
कञ्चनपुर, मङ्सिर २८ गते । कञ्चनपुरको बेलौरी नगरपालिकाको रामनगरका किसान काउलीको बिरुवा गाेडमेल गर्दै । यस क्षेत्रका किसानले काउली खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तस्बिरः रासस
पदयात्रामा सहभागीहरु
दाङ, मङ्सिर २८ गते । प्याब्सन घोराहीको आयोजनामा हुन लागेको तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता सुरु हुनु अघि बिहीबार दाङको घोराही बजारमा पदयात्रा गरिँदै । तस्बिरः रासस
परराष्ट्र मन्त्री डा. देउवा र युरोपियन युनियनका कमिसनरबिच भेटवार्ता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।