• ११ पुस २०८१, बिहिबार

पाँच जना फरार प्रतिवादी पक्राउ

blog

सलिम मियाँ

बिजुवार, मंसिर २८ गते । जबरजस्ती करणी मुद्दामा फरार रहेका ५ जना प्रतिबादीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत प्युठानले दोषी ठहर गरी कैद तथा जरिवानाको फैसला सुनाइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । 

जबरजस्ती करणी मुद्दामा फरार रहँदैआएका दाङको घोराही उपमहानगपालिका वडा नं १६ बस्ने ५६ बर्षिय खगेश्वर न्यौपानेसहित ५ जना प्रतिवादीलाई मल्लरानी गाउँपालिका –४ का विभिन्न स्थानबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक एवम सूचना अधिकारी केशव केसीले जानकारी दिनुभयो । 

पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।