‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभएको छ ।
विद्युत् विधेयक संशोधन हुन्छ : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत् विधेयक संशोधन हुने बताउनुभएको छ ।
करिब आठ अर्बको सेयर निष्कासन अनुमति
आर्थिक वर्ष २०८१/८२ को चार महिनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर
पत्रकार महासङ्घको मतगणना अन्तिम चरणमा, निर्मला शर्मा जितनजिक
नेपाल पत्रकार महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अन्तिममा चरणमा पुगेको छ हालसम्मको मतगणना अनुसार अध्यक्षमा निर्मला शर्मा जितनजिक पुग्नुभएको छ
दक्षिण कोरियाका राष्ट्रपति युन निलम्बित
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संसद्ले महाअभियोग लगाएको छ ।
अख्तियारका कर्मचारीलाई नै खामभित्र घुस
सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षमा खनाल
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षमा गणेश खनाल निर्वाचित हुनुभएको छ । उहाँ गोरखापत्रको अर्घाखाँची समाचारदाता हुनुहुन्छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाललाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित हुनुभएको हो।
वेवारिसे अवस्थामा मोटरसाइकल
मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ ।
पत्रकार महासंघ गुल्मी अध्यक्षमा खत्री निर्वाचित
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको अध्यक्षमा प्रेस चौतारी नेपालका अनिल खत्री निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट यहाँ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका खत्री १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
महासंघ सुदूरपश्चिम अध्यक्षमा शाह, महासचिवमा भट्ट
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा भरतबहादुर शाह निर्वाचित हुनु भएको छ । प्रेस युनियनका बागी उम्मेदवार मिन बमलाई पराजित गरी शाह अध्यक्षमा निर्वाचित हुनु भएको हो । महासचिवमा प्रेस चौतारीका उम्मेदवार शिवराज भट्ट निर्वाचित हुनुभएको छ ।
पत्रकार महासंघ सुनसरी अध्यक्षमा काफ्ले
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनुभएको हो ।
मधेशमा पर्यटकको सवारी साधनमा अवरोध छैन : मन्त्री मियाँ
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।
चितुवाको आक्रमणबाट ६ जना घाइते
बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।
काठमाडौँको तापक्रम २ डिग्री
काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।
घर, जग्गा कारोबार सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक: अध्यक्ष घिमिरे
पछिल्लो समय ह्वात्तै घटेको घर, जग्गाको कारोबार सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी
गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइ नै गर्दैनन् मुगुका स्थानीय तह
जिल्लाका चार वटा स्थानीय तहका वडा कार्यालयहरूले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जबाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ बस्तीमा नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
ओझेलमा परेका मध्यपुरका सम्पदा
पशुपतिको दर्शनमा आउने पूर्वी नेपालका बटुवाको वासस्थान हो, थिमि
जिप दुर्घटना हुँदा ३ को मृत्यु
बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इजरायली हवाई आक्रमणमा गाजामा ३८ प्यालेस्टाइनी मारिए
काठमाडौँ, मङ्सिर २९ गते । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् । गाजा सहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताउनु भयो । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल–नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए । इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ८३५ पुगेको छ । सिन्ह्वाको सहयोगमा
अन्ततः नारायणघाट (कथा)
मुमाको देहावसान भएको २५ वर्षपछि हरिकृष्णको माहिला दाइको स्वर्गारोहण भयो ।
बेनी अस्पतालको भवन आठ वर्षदेखि अलपत्र, नियामक निकाय मौन
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
राहदानी सेवा सुचारु
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँबाट राहदानीको सेवा पूर्ण रूपमा सुचारु भएको छ । दुुवै ठाउँमा बिहीबारदेखि राहदा
तिमी (कविता)
डरको अगाडि साहस हौ तिमी मेरो जिन्दगीको सहारा हौ तिमी ।