• २९ मंसिर २०८१, शनिबार

पत्रकार महासंघ सुनसरी अध्यक्षमा काफ्ले

blog

निशा राई 

धरान, मङसिर २९ गते । नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँको निकटम प्रतिद्वन्द्वी गणेश निरौला ७९ मत र शेखरनाथ जोगीले ५ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख बरिष्ठ पत्रकार हर्ष सुब्बाले जानकारी दिनुभयो । त्यसैगरी उपाध्यक्षमा अर्जुन सुबेदीले १ सय १ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गोविन्द बस्नेतले ७४ मत ल्याउनुभयो । 

महिला उपाध्यक्ष यसोदा सेनेले १ सय १० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ६२ मत प्राप्त गरेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

सचिव पदमा ९० मतसहित बिनय बाह्रकोटी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी तीर्थ कार्कीले ८३ मत पाउनुभएको छ । सह–सचिवमा १ सय १४ मतसहित विकल रेग्मी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी महेश गुरगाईले ६१ मत प्राप्त गर्नुभयो । 

समावेशी सहसचिवमा ९१ मत सहित विरेन्द्रकुमार साह विजयी हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा १ सय १८ मतसहित विवेक रेग्मी विजयी हुनुभयो । समावेशी मुस्लिम अल्पसंख्यकमा बिरेन्द्रकुमार साह, आदिवासीतर्फ बिजयकुमार राई र खुल्ला सदस्यहरुमा चन्द्रकला चौधरी, जिबन बिस्ट, रोहित कुलुङ राई, सुदिप पोखरेल, सिशिर भट्टराई, सबिता पोखरेल ज्योति, हिरण्य कार्की विजयी हुनुभएको छ । 

केन्द्रीय परिषद सदस्य खुल्लामा गोपाल दाहाल र बाबुराम सुबेदी विजयी हुनुभएको छ । प्रदेश परिषद सदस्य खुल्लामा कमलाकुमारी चौधरी, धिरेन्द्रकुमार चौधरी, नवराज विष्ट, पिएम मणि भट्टराई, रोमा रिजाल, सुनिल चौधरी, केन्द्रिय परिषद सदस्य समावेशी जनजातीमा नरबहादर लिम्बु (प्रदिप मेन्याङव) र फुलचन्द्र मेहता विजयी हुनुभयो ।  

त्यसैगरी केन्द्रिय परिषद् सदस्य महिलामा शुभद्रा प्याकुरेल, महिलामा सिमा बस्नेत, दलितमा बिनोद बिश्वकर्मा, मधेसी सुरेन्द्र मेहता, समाबेशी मुस्लिम अल्पसंख्यक नसिम अन्सारी, प्रदेश परिषद सदस्य महिला कानुन कार्की र प्रदेश परिषद सदस्य (समावेशी) धनकुमार राई, विकास चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई र उपेन्द्र चाम्लिङ निर्विरोध हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।