![](https://gorkhapatraonline.com/commons/place-holders/square.jpg)
२९ मंसिर २०८१, शनिबार
१ महिना पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
![](https://gorkhapatraonline.com/commons/place-holders/square.jpg)
शेयर गर्नुहोस:
२९ मंसिर २०८१, शनिबार
१ महिना पहिले
डरको अगाडि साहस हौ तिमी
मेरो जिन्दगीको सहारा हौ तिमी ।
टाढा हुँदा एक्लो महसुस हुने
दुरी घटाउने सम्झना हौ तिमी ।
तिमी नभएर शून्य जस्तै लाग्दा
पूर्ण बनाइदिने सागर हौ तिमी ।
जिन्दगीका केही अप्ठेरा पलहरूमा
मलाई साथ दिने गन्तव्य हौ तिमी ।
मेरो उदासीमा मुस्कान हौ तिमी
मेरो जिन्दगीको सान हौ तिमी ।
![Author](https://gorkhapatraonline.com/commons/place-holders/square.jpg)
रेखादेवी श्रेष्ठ