रमेश विश्वकर्मा
गुल्मी, मंसिर २८ गते । गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
रेसुङ्गा नगरपालिका वडा ८ स्थायी घर भएका ४५ वर्षीय रबिनकुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी चालक जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टराई, रेसुङगा नगरपालिका वडा ८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, बसन्ती श्रीसको छोरा ८ वर्षीय एक्सन श्रीस घाइते भएका छन् ।
मृतक रबिनकुमार श्रीस बसन्ती श्रीसका श्रीमान् हुन् । घाइतेहरुको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।