• १० वैशाख २०८२, बुधबार

गण्डकी अध्यक्षमा पौडेल

blog

लेखनाथ समाचारदाता 

लेखनाथ, मङ्सिर ३० गते । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ । गोरखापत्र दैनिकका प्रदेश संयोजकसमेत रहनुभएका पौडेलले निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै अध्यक्ष बन्नुभएको हो । 

पौडेलले ४०१ मत पाउँदा सुवेदीले १७८ मत प्राप्त गर्नुभएको छ ।  प्रदेश उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, समावेशी सचिव रोशनी गुरुङ, खुला सचिव भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी चुनिनुभयो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामा महासङ्घ निर्वाचन भएको छ भने गोरखामा निर्वाचन प्रक्रिया स्थगित छ । त्यसै गरी मुस्ताङ जिल्ला पत्रकार महासङ्घको अध्यक्षमा सुनदेवी रसाइली, मनाङमा नवीन लामिछाने, बागलुङमा राम थापा, म्याग्दीमा हरिकृष्ण गौतम अध्यक्षमा निर्वाचित हुनुभएको छ । महासङ्घ कास्की अध्यक्षमा माधव बराल, पर्वतमा लक्ष्मण शर्मा, स्याङ्जामा प्रदीप कोइराला, तनहुँमा डिपी अधिकारी, लमजुङमा सन्देश पौडेल र नवलपुरमा श्रीराम सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएका छन् ।