• १० वैशाख २०८२, बुधबार

‘स्थायी सरकार बनाउन गठबन्धन’

blog

गैँडाकोट समाचारदाता  

गैँडाकोट, मङ्सिर ३० गते । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले मुलुकमा स्थायी सरकार र त्यसको संरचना बलियो बनाउन कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ । नेपाली काँग्रेस नवलपरासीपूर्वका  पार्टी कार्यकर्तालाई गैँडाकोटमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस मुलुकको विकासमा जिम्मेवार रहेको पनि दाबी गर्नुभयो । 

उहाँले काँग्रेस र एमाले ठुला दल भएकाले यिनीहरूबाटै मुलुकको विकास र प्रगति सम्भव भएकाले पछिल्लो पटक दुई वटा पार्टी मिलेर सरकार निर्माण भएको स्पष्ट पार्नुभयो । 

महामन्त्री थापाले नेपाल एमनेस्टी इन्टरनेसनलको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै एमनेस्टीले गरेको सत्कर्मले अगाडि बढ्ने हौसला प्रदान गरेको बताउनुभयो । एमनेस्टीको ३३ औँ साधारण सभाको उद्घाटन समारोहमा थापाले आफूले साना हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध गराउनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो । साधारण सभाले केन्द्रीय समितिको चयन गर्ने बताइएको छ ।