• १६ वैशाख २०८२, मङ्गलबार

आज काठमाडौँ महानगरपालिकामा बिदा

blog

काठमाडौँ, पुस १ गते । काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ । 

सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।