• ११ पुस २०८२, शुक्रबार

मधेश प्रदेशको समृद्धि चाहिएको छ : सभामुख यादव

blog

मधेश प्रदेश सभामुख रामअशिष यादव । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, पुस ११ गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासनका साथै मधेश प्रदेशको समृद्धि र लोकतन्त्रको मजवुतिका लागि काम गरोस् भने मधेश प्रदेशसभा चाहेको बताउनुभएको छ । 

मधेश प्रदेशसभामा शुक्रबार सञ्चारकर्मीसँग भेट र सम्मानका लागि आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले मधेश प्रदेशसभा र मधेश प्रदेश सरकारबिच मजबुत सम्बन्ध रहेको चर्चा गर्दै समाजिक न्यायका लागि प्रदेश सरकारले गर्ने कामकाजमा प्रदेशसभाको साथ सहयोग रहने उल्लेख गर्नुभयो । 

उहाँले सभामुख पद कुनै दल विशेषको नहुने भन्दै सभामुख भएपछि दलभन्दा माथि उठेर कामकाज गर्नुपर्ने उल्लेख गर्दै संविधानको परिधिमा रहेर संघीयता र लोकतन्त्रको रक्षाका लागि मधेश प्रदेशसभाले खेल्नुपर्ने भूमिकामा आफू पछि नपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा सभामुख यादवले मधेश प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका पत्रकारलाई डटपेन र डायरी प्रदान गर्दै गम्छा र फूलको माला लगाएर सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा मधेश प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले देशमा भएको विभिन्नखालको परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै समाजमा रहेको विकृतिहरुको विरुद्धमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।