• १ पुस २०८१, सोमबार

धरानमा राष्ट्रिय झण्डा दिवस मनाइयाे

blog

निशा राई 

धरान, पुस १ गते । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा सोमबार धरानमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज धरान उपमहानगरपालिकाको कार्यालयबाट चतरा लाइन, छाता चोक, सिंहदेवी चोक पुरानो बजार, देशी लाइन हुँदै भानुचोकसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली गरिएको छ ।

र्‍याली  कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, पूर्व सभामुख प्रदीप भण्डारी,वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाललगायत राजनीतिक दलका प्रतिनिधिहरु,विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।