• २ पुस २०८१, मङ्गलबार

घुर्केसमा घरबास सेवा सञ्चालन

blog

चितवनको इच्छाकामना गाउँपालिकाको घुर्केस गाउँमा सञ्चालित घरबास सेवा ।

चितवन समाचारदाता

चितवन, पुस २ गते । चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन वृद्धि हुन थालेपछि घुर्केस गाउँमा घरबास (होमस्टे) सेवा सञ्चालनमा आएको छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र पहाडको मनोरम दृश्य अवलोकन गर्न आउनेका लागि घरबास सञ्चालनमा ल्याएको हो । पूर्वी चितवनको शक्तिखोरदेखि उपरदाङगढी हँुदै पृथ्वी राजमार्गको फिसलिङ जोड्ने कृषि सडक सञ्चालनमा आएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । 

गर्मी मौसममा बास बस्न आउने पर्यटकको सङ्ख्या अत्यधिक हुने गर्छ । चिसो मौसममा आउने पनि उत्तिकै छन् तर बासको पर्याप्त व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो । स्थानीयको आयआर्जनमा टेवा पु¥याउन इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केसमा सामुदायिक घरबास सञ्चालनमा ल्याइएको हो । पर्यटन प्रवर्धनका साथै आयआर्जन गर्न गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले घरबास सञ्चालनमा ल्याएका हुन् ।

घरबासको शुव्रmबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गर्नुभयो । सो अवसरमा प्रमुख अधिकारीले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकै रहेको उपरदाङगढी, मायाटारलगायतका क्षेत्रमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, उनीहरू यहाँ आएर बास बस्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”

गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँ गाउँमा पुगेका विकास निर्माणको सदुपयोग र यहाँका स्थानीयलाई आयआर्जनसँग जोड्न होमस्टे स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँमा विकास आएको छ तर मान्छेले गाउँ छाड्ने व्रmम बढ्दो छ, हामीले होमस्टेका माध्यमबाट स्थानीयलाई आयआर्जनसँग जोड्दै गाउँमै बस्ने वातावरण बनाउन होमस्टे सञ्चालनमा ल्याएका हौैँ ।” उहाँले घुर्केसका स्थानीयलाई होमस्टे व्यवस्थापनको तालिम र भ्रमणसमेत गराइने बताउनुभयो ।