विकास वित्तसम्बन्धी कानुनको तयारी
सरकारले वैकल्पिक विकास वित्तसम्बन्धी छुट्टै कानुन बनाउने तयारी गरेको छ ।
एक हजार विदेशीलाई श्रम स्वीकृति
औसतमा दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् ।
दोस्रो चरणको पाइप लाइन परियोजना अगाडि बढ्दै
दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना निर्माण कार्य अगाडि बढ्ने भएको छ ।
कूटनीतिक सम्बन्ध कमजोर रहेको दाबी
छिमेकी देशसँगको कूटनीतिक सम्बन्ध कमजोर अवस्थामा रहेको विज्ञहरूले बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठानको आइतबार आयोजित वार्षिक साधारण सभामा पूर्वराजदूत तथा कूटनीतिज्ञहरूले वर्तमान अवस्था कमजोर रहेको चर्चा गरेका छन् ।
काठमाडौँ महानगरका प्रथम प्रमुखको सालिक निर्माण हुने
काठमाडौँ महानगरपालिकाका प्रथम प्रमुख प्रेमलाल (पिएल) सिंहको सालिक निर्माण हुने भएको छ ।
सहकार्य गर्न छलफल
राष्ट्रिय सूचना आयोग र गोरखापत्र संस्थानबिचको सहकार्यलाई प्रभावकारी बनाउन आयोग र संस्थानका पदाधिकारीले जोड दिएका छन् । आयोग र संस्थानका पदाधिकारीबिचको भेटघाटमा द्विपक्षीय सहकार्य बढाउन जोड दिइएको हो ।
शेरा दरबारको जग्गा हिनामिनाबारे विस्तृत अनुसन्धान हुँदै
पृथ्वीनाराण शाहले शीतकालीन दरबारका रूपमा स्थापना गर्नुभएको नुवाकोटस्थित शेरा दरबारको १६४ रोपनी १३ आना जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
नगरप्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहकारीमा तोकियो बचतको सीमा
सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन गरेको छ ।
सुविधामा ज्येष्ठ नागरिकको पहुँच न्यून
राज्यका निकायसँग समन्वय हुन नसक्दा र स्वयं सुसूचित नहुँदा ज्येष्ठ नागरिकलाई संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारको पहुँच विस्तार हुन सकेको छैन ।
४७.४ प्रतिशतले गरे स्वास्थ्य बीमा
गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।
व्यापारीले यसरी सङ्कलन गर्छन् गोलभेँडा
सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा ।
घुससहित शाखा अधिकृत प्रसाईं नियन्त्रणमा
राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपियाँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बाघको आक्रमणबाट वृद्धाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका –५ मा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्युभएको घटनास्थलमा पुग्नुभएका मनहरी गाउँपालिका वडा ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कुखुराको मासु खाँदा किशोरको मृत्यु
बोयलर कुखुराको मासु खाँदा अछाममा एक किशोरको ज्यान गएको छ । एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् ।
चोरीको मोटरसाइकलसहित दुई पक्राउ
मकवानपुर प्रहरीले चोरीको दुई वटा मोटरसाइकलसहित हेटौँडाको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ प्युठान नगरपालिका –७ टिकुरी बसपार्कमा मोटरसाइकलको ठक्करबाट मल्लरानी गाउँपालिका –४ बासखोला बस्ने ७० बर्षिय रामचन्द्र शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद
कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
पर्यटकको गन्तव्य बन्दै पाख्रिबास
धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तब्य बनेको छ ।
अधिकतम दलको समर्थनमा संविधान संशोधनको तयारी हुँदैछ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको अधिकार सुनिश्चित हुनेगरी धेरैभन्दा धेरै दलको समर्थनमा संविधान संशोधनको तयारी भइरहेकाे बताउनुभएकाे छ ।
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको छ ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।
सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड
शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्धतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आयोग र गोरखापत्र संस्थानबिचको सहकार्य प्रभावकारी बनाउन छलफल
राष्ट्रिय सूचना आयोग र गोरखापत्र संस्थानबिचको आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आयोग र संस्थान पदाधिकारीविच छलफल भएको छ ।