जानू पाण्डे
कपिलवस्तु, मंसिर १४ गते । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भित्रिन लागेको ती औषधी कृष्णनगर नपा २ स्थित लिंकगेटमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले बताउनुभयो ।
प्रहरीका अनुसार, चेकजाँचका क्रममा अर्घाखाँची भुमिकास्थान नपा ४ का ४१ वर्षीय प्रेमबहादुर नेपालीलाई संकास्पद अवस्थामा रोकि खोजतलास गर्दा जुटको बोरामा लुकाइछिपाई राखिएको औषधी फेला परेको हो ।
बरामद गरिएको औषधी अनुमतिविना आयात गरिएको पुष्टि भएपछि नेपालीलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि औषधी व्यवस्था विभाग, बिजुली बजार, काठमाडौं पठाइएको छ ।