तिम्बुङ पोखरी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ पोखरीको रमणीय दृश्य ।
कुहिरोले ढाकेको मङ्गगलसेन
अछामको मङ्गगलसेन नगरपालिका ६ ठुलासैनबाट सोमबार बिहान कुहिरोले ढाकेको अछाम सदरमुकाम मङ्गगलसेनलगायत आसपासको क्षेत्र ।
पाथीभरा धाममा धर्मशाला
समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा धाममा आउरने भक्तजनलाई लक्षित गर्दै धाम नजिकै स्थापना गरिएको धर्मशाला ।
गर्भवतीलाई अस्पताल पुर्याउने आमाहरू....
शुक्रवार नौबहिनी गाउँपालिका–८ फोप्लीकी एक गर्भवतीलाई महिलाहरूले स्वास्थ्य संस्था पुर्याए । नौ बहिनी गाउँपालिका–८ कुर्झेनीकी गर्भवती महिलालाई स्टेचरमा बोकेर कुमारी पुनमगर नेतृत्वको उद्धार समूहले स्वास्थ्य संस्था पुर्याएको हो ।
सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत : महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले कसैलाई चित्त नबुझ्दैमा वर्तमान सरकार ढल्छ भनेर अफवाह फैलाउनु गलत भएको बताउनुभएको छ ।
जिमी कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त
काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व अमेरिकी राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।राष्ट्रपति पौडेलले सोमबार जारी गर्नुभएको शोक सन्देशमा भन्नुभएको छ, “पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले मलाई अत्यन्त दुःखी बनाएको छ। शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु।”पूर्व राष्ट्रपति कार्टर १०० वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नो निवासमा निधन भएको हो। मानवअधिकार र शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएका कार्टरको योगदानलाई विश्वभरि सम्मानका साथ स्मरण गरिन्छ।
दुधमती नदी नक्साङ्कन सुरु
धनुषा र महोत्तरीमा पर्ने दुधमती नदीको नक्साङ्कनको कार्य आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा
पुनर्जन्मले हल्लीखल्ली
सर्वेक्षणले भन्छ, आजका दिनसम्म २४ प्रतिशत अमेरिकीले पुनर्जन्ममा विश्वास गर्छन् ।
घरमै शव राख्ने तोराजा
आफन्त वा प्रियजनको मृत्युको खबर सबैलाई अप्रिय नै हुन्छ तर यस्तो खबरले सबै मानिसलाई समान रूपमा मर्माहतचाहिँ पार्दैन ।
बैङ्क लगानीको मध्यस्थकर्ता
बैङ्क तथा वित्तीय संस्थाहरू राज्यको कानुनबमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् ।
सम्झौताको एघार वर्षपछि पुल निर्माण सुरु
तेह्रथुम पाँचथरलाई जोड्ने तमोर नदीको लुवुघाटमा अलपत्र रहेको पक्की पुल ११ वर्षपछि निर्माण सुरु भएको छ । निर्माणमा ढिलाइ भएको भन्दै दुवै
फाल्गुनन्द कपका लागि मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै
फिदिम माविको खेल मैदानको वातावरण आज तातिने भएको छ । आज ११औँ फाल्गुनन्द गोल्ड कपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बिच रोमाञ्चक टक्कर हुँदै छ । यो खेल मात्र एक उपाधि भिडन्त नभई, काठमाडौँका दुई ए डिभिजनका प्रतिष्ठित क्लबहरूबिचको प्रतिष्ठाको लडाइँ पनि हो । प्रि म्याच प्रेस कन्फ्रेसमा दुवै पक्षका प्रशिक्षकले आआफ्नो जितको दाबी पेस गरेका छन् ।
भुवा पर्वको रौनक
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका विभिन्न गाउँबस्तीमा हिउँद सुरु भएसँगै भुवो पर्व मनाउने गरिन्छ ।
मेलमिलापसम्बन्धी अन्तर्क्रिया
मेलमिलाप परिषद्ले आइतबार स्याङ्जा सदरमुकाममा मेलमिलापसम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
१० वर्षमा पनि पुल नबनेपछि स्थानीयवासी आन्दोलित
गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गमा १० वर्षदेखि पुल निर्माण नभएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
सत्ताइस वर्षमा पनि पूर्ण भएन सडक
प्युठानको बिजुवार, ढुङ्गेठाँटी हुँदै रोल्पाको सुनील स्मृति गाउँपालिकाको अरेस जोड्ने सडकको ट्र्याक खोलिएको २७ वर्ष पूरा भइसक्दा पनि त्यसले पूर्णता पाएको छैन । सडक साँघुरो र
विदेशको कमाइ सामाजिक सेवामा
रुपन्देही जिल्लाबाट कामको खोजीमा खाडी मुलुक दुबई पुगेका नेपालीले त्यहाँ कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । दुबई पुगेका नेपालीले सैनामैना सेवा समाज युएई नामक संस्था गठन गरेर सामाजिक काममा सहयोग गर्दै आएका छन् ।
एमाले र माओवादीद्वारा बैठक बहिष्कार
गुल्मीको कालीगण्डकी गाउँपालिकाको कार्यपालिका बैठक नेकपा (एमाले) र माओवादी केन्द्रले बहिष्कार गरेका छन् ।
भूकम्पपीडितको त्रासको बास
जाजरकोटका भूकम्पपीडित चर्किएका घरमा डरमै बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसकेपछि पीडित चर्किएका घरमा डरत्रासमै बस्न बाध्य भएका हुन् ।
मर्मत भएन खच्चड फसेको पुल
सात महिनाअघि पुलको लट्ठा चुँडिएर खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थाबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् ।
सुविधासम्पन्न विद्यालय भवन निर्माण
सिमकोट गाउँपालिका–८ को स्याँडागाउँको चरीचौरमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने,खेलतालिका सार्वजनिक
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।
नाबालिकालाई झुक्याएर विवाह गर्दा ...
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा