सिस्नेरी-दक्षिणकाली र फर्पिङ-हुमाने सडक एकतर्फी
मकवानपुर र काठमाडौं जोड्ने दुई सडक एकतर्फी सञ्चालन गरिने भएको छ ।
उखु किसानको २५ करोड भुक्तानी
उखुको खरिद प्रक्रिया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ ।
घुम्ती शिविरबाट सेवा
पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट नागरिकलाई सेवा प्रदान गरेको छ ।
ओत संरक्षणका लागि अनुगमन
आइ.यु.सि.एनको रातो सूचीमा रहेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि “कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जिविको पार्जन तथा अभिभाकत्व सवलिकरण परियोजना” सञ्चालन भएपछिको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ ।
बागमती र मधेश प्रदेश जोड्ने सडक सञ्जाल विस्तार गर्ने तयारी
बागमती प्रदेश सरकार र मधेश प्रदेश सरकारले दुई प्रदेश जोड्ने सडक सञ्जाल विस्तार गर्ने तयारी गरेका छन् ।
एक टोल एक सिँचाइ पोखरी अभियान
सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।
५० लाख लिटर अट्ने पानीट्याङ्की निर्माण गरिँदै
तानसेनका खानेपानी उपभोक्ताहरुको सहजताका लागि तानसेन नगरपालिका –५ चिहानडाँडामा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिनेभएको छ । उपभोक्तालाई हरेक समयमा पानी उपलब्ध गराउने उद्देश्य राखी ५० लाख लिटरको ट्याङ्की बनाउन माटो परीक्षण गर्न लागिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
खाँडाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान
कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ । यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।
सुम्हात्लुङ मिनी म्याराथनको उपाधि प्रताप र फुङनारालाई
सातौं संस्करणको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम १० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) सेर्माले जित्नुभएको छ ।
बाघले गोरु मारेपछि सतर्क रहन आग्रह
जिल्लाको निस्दी गाउँपालिकामा बाघले गोरु मारेपछि सतर्क रहन आग्रह गरिएको छ । निस्दी –४, भोर्मामा बाघले गोरु मारेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
भारतमा अलपत्र १३ जुम्लावासीको उद्धार
कामको सिलसिलामा भारतमा गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरि नेपाल पठाइएको छ ।
जाडो छल्न आएको जलेवा
दाङ, पुस १४ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा जाडो छल्न आएका जलेवा चरा । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न जलेवा पाहुना बनेर नेपाल आउने गर्छन् । तस्बिरः रासस
चरनका लागि मौरी
मोरङ, पुस १४ गते । माेरङको बेलबारी नगरपालिका–९, नलबारीमा ढकमक्क फुलेको तोरीखेतीमा चरनका लागि राखिएको घारसहित माैरी । तस्बिरः रासस
निर्माणाधीन राहुघाट विद्युतगृह
म्याग्दी, १पुस १४ गते । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरमार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह । तस्बिरः रासस
पिली भ्यूटावर
कालीकोट, पुस १४ गते । कालीकोटको खाँडाचक्र नगरपालिका ८, पिलीमा निर्माण भएको भ्यू टावर । तस्बिरः रासस
महोत्सवमा भानुको शालिक
दमाैली, पुस १४ गते । तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस
दोदा नदीमा निर्माणाधीन पुल
कञ्चनपुर, पुस १४ गते । लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल । तस्बिरः रासस
छैरो छहरा
मुस्ताङ,पुस १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा अवस्थित छैरो छहरा । सडकबाट करिब १० मिनेटमा पुग्न सकिने उक्त झरना पछिल्लो केही वर्ष यता पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । तस्बिरः रासस
प्रदर्शनीमा राखिएका गेडागुडी
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सवका अवसरमा बालकुमारी मन्दिर परिसरमा बिक्रीका लागि व्यापारीले राखेको भटमास, मास, तिल, सिमीलगायत गेडागुडी । तस्बिरः रासस
प्रदर्शनीमा तस्बिर अवलोकन गर्दै पर्यटक
मध्यपुर थिमि, पुस १४ गते । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित तीनदिने मध्यपुर महोत्सवका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्न श्रेष्ठले प्रदर्शनीमा राखेको तस्बिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः रासस
कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र
कालिकोट, पुस १४ गते । कालिकोटको मान्म बजार र आसपासकाे क्षेत्र । तस्बिरः रासस
अहा ! चितवनको जङ्गल सफारी
भाइबहिनीहरू, चितवन पर्यटकीय स्थल पनि हो । घुम्दा रमाइलो लाग्ने ठाउँ यहाँ प्रशस्त छन् ।
खतरनाक हुन्छ हेडिङ
दशरथ रङ्गशालामा खेलिएको फुटबल खेलमा दुई खेलाडी हेडिङ गर्न उफ्रिँदा दुवै जनाको टाउको आपसमा ठोक्कियो र एक जना अचेत भएर मैदानमा ढले ।
पराल बिक्री नहुँदा किसान चिन्तित
केही दशकअघि धान काटिसकेपछि पराल खरिदबिक्री हुने गथ्र्याे । केही वर्षयता किसानले ट्याक्टरले खेतीपाती गर्न थालेपछि परालको खरिदबिक्री नहुँदा