अवधी भाषाको संविधान मन्त्रालयलाई हस्तान्तरण
स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
अस्तिभन्दा हिजो भिडियोमा सम्राटको अभिनय
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्तिभन्दा हिजोको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
रुखबाट लडेर मृत्यु
सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो ।
वैराखु सामुदायिक वनको अध्यक्षमा पन्थ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित वैराखु सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हरिप्रसाद पन्थ चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको छैटौं अधिवेशनले पन्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कुटपिटले गोपालीको मृत्यु
मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्युभएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थानीय ५३ वर्षीय हिराकाजी गोपालीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार फोनिजलाई
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रुपमा प्रदान गरिएको छ ।
सुन्तला उत्पादनमा वृद्धि, किसान खुसी
झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोख्रेलले यो वर्ष एक लाख रुपियाँ बढीको सुन्तला बिक्री गरिसक्नुभएको छ ।
डोजर लगाएर घर टहरा भत्काइयो
रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घर टहरा भत्काइएको छ । रोहिणी –४ स्थित कोटहवामा डोजर लगाएर घर टहरा हटाइएको हो ।
वन क्षेत्रमा बनाइएका घर भत्काइए
रुकुमपश्चिममा वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच वटा घर, टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय अन्तर्गत चौफा सबडिभिजन वन कार्यालयले सानीभेरी गाउँपालिका –१० स्थित दुई वटा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको हो ।
खाम्दिमेमा सङ्घीय मेलाको तयारी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा आयोजना हुने सङ्घीय मेलाको तयारी तीब्र छ ।
गोरखापत्र सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । त्रिभुवन पार्क थानकोट काठमाडौंमा आयोजित साधारणसभाको उदघाटन गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।
पक्की पुलको पर्खाइमा कर्णालीवासी
बाजुरामा नौ वटा स्थानीय तहका प्रत्येक गाउँ बस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा छन् ।
आर्थिक समृद्धिमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताउनुभएको हो ।
छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा डेल्टाद्वारा आयोजना हुने छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ ।
बबई नदीमा अस्थायी पुल निर्माण
माघे संक्रान्ति एवम् माघि पर्वलाई लक्षित गरेर बर्दिया ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवम् छोटो दुरिमा आउजाउ गर्न बबई नदिमा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ ।
'उद्योग व्यवसाय विकासका लागि सुरक्षासँगै सुधार आवश्यक'
मुख्यमन्त्री बहादुर सिंह लामा तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताउनुभएकाे छ ।
साना करदातालाई लेखा व्यवस्थापन तालिम
रामेछापमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका साना करदाताहरूलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ ।
मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ ।
टिप्पर दुर्घटनामा चालकको मृत्यु
कालीगण्डकी काेरिडोरको सत्यवती दुई पहादीमा टिप्पर दुर्घटना भएको छ ।
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४०० र १३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।
उराठिलो माछापुछ्रे र सिचुवानको जहाज
माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिरले पर्यटकीय क्षेत्र पोखरालाई थप परिचीत गरेको छ । यो तस्बिर कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् ।