• १४ पुस २०८१, आइतबार

'उद्योग व्यवसाय विकासका लागि सुरक्षासँगै सुधार आवश्यक'

blog

वसन्त पराजुली

नारायणगढ, पुस १३ गते । मुख्यमन्त्री बहादुर सिंह लामा तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताउनुभएकाे छ । चितवन उद्योग संघ चितवनको ३३ ओ वार्षिक साधरण सभाको शनिबार भरतपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री तमाङले उद्योग व्यवसायको विकासका लागि पनि पहिला सुरक्षासँगै सुधार पनि आवश्यक रहेको बताउनुभएकाे हाे ।

"अहिले समाजका हरेक क्षेत्रमा सुधारको आवश्यक छ । विग्रेका कुरा पहिला सुधारौँ । अनि उद्योगी व्यवसायको सुरक्षा गरेर यसको विकासमा लागौँ," उहाँले भन्नुभयो ।

उद्योग व्यवसायका लागि चितवनमा सम्भावना प्रसस्त भए पनि यसको समुचित विकास गर्न नसकिएको उहाँले बताउनुभयो । "शिक्षा,स्वास्थ्य र पर्यटनको उद्योगमा चितवन अगाडि छ । अब यसलाई व्यवस्थित गरेर अगाडि वढ्न जरुरी छु", उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै बागमति प्रेदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले अहिलेको चिन्ता र चासो भनेको उद्योग व्यवसायलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने भएको बताउनुभयो । "अहिलेको सरकारले पनि उद्योगी व्यवसायीको समस्या समाधान गर्न नसके अरु कसैले गर्न सक्दैन", उहाँले भन्नुभयो । उहाँले नागरिकलाई आफू उद्यमशिलतामा जोडिन आग्रह पनि गर्नुभयो ।

उद्योग संघ चितवनका कार्यवाहाक अध्यक्ष मदन घिमिरेले आर्थिक क्षेत्रमा देखिएको सुधारका सुचाङ्कले उद्योग क्षेत्रमा आशा पलाएको बताउनुभयो ।

कार्यक्रममा उद्यमी सन्देश पत्रिका सार्वजनिक गरियो । कार्यक्रममा क्यान्सर रोगबाट पीडित भूपराज पाठक र संगिता वानियाकालागि नेपाल पत्रकार महासंघ मार्फत ५१ हजार रुपिया आर्थिक सहयोग गरियो ।

क्यान्सर पीडित दुवै पत्रकारका लागि महासंघले सहयोगका लागि अपिल गरेको थियो ।