• ११ वैशाख २०८२, बिहिबार

जिमी कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त

blog

काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व अमेरिकी राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले सोमबार जारी गर्नुभएको शोक सन्देशमा भन्नुभएको छ, “पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले मलाई अत्यन्त दुःखी बनाएको छ। शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु।”

पूर्व राष्ट्रपति कार्टर १०० वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नो निवासमा निधन भएको हो। मानवअधिकार र शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका कार्टरको योगदानलाई विश्वभरि सम्मानका साथ स्मरण गरिन्छ।