औद्योगिक ग्राम सञ्चालन
सङ्घीय सरकारले निर्माण गरेको छ वर्षमा अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालनमा आएको छ ।
ग्लोबल आइएमईको प्रभातफेरी
ग्लोबल आइएमई बैङ्क लिमिटेडको १८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना भएको छ ।
गुणस्तर सुधार्न चियाको ‘कटिङ’
किसानका लागि वर्षभरि आम्दानीको स्रोत बन्ने चियाका बुट्यान काट्ने काम (कटिङ) सुरु भएको छ ।
क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द
कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।
दुई विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
समुन्नतिका लागि दलहरूबिच मेलमिलाप
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “देशमा प्रजातन्त्र नभए देश रहँदैन । राजा रहँदैनन् । हामीहरूको त कुनै भएन ।”
काठमाडौँकै पुल समस्याग्रस्त
सङ्घीय राजधानी काठमाडौँमा पुल निर्माणको अवस्था कमजोर हुनुका साथै कतिपय निर्माण भएका पुलसमेत अलपत्र परेका छन् ।
बाह्र सय जनाको बचत फिर्ता हुँदै
सरकारले सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन गरिरहँदा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम पनि धमाधम भइरहेको छ ।
रकम फिर्ता गर्ने भएपछि जङ्गम रिहा
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका ‘साई स्वागत सहकारी’ का अध्यक्ष भरत जङ्गम सोमबार रिहा हुनुभएको छ ।
मेलम्चीको पानी अवरुद्ध
काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।
नेपालमा रमाउनुहुन्थ्यो कार्टर
नेपालप्रेमी अमेरिकाका पूर्वराष्ट्रपति जेम्स अल कार्टर जुनियर (जिमी कार्टर) को एक सय वर्षको उमेरमा आइतबार अमेरिकामा निधन भयो ।
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
लमजुङको सुन्दरबजार नगरपालिका –२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका –२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।
‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण
आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति ‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण गरिएको छ । उपन्यासका प्रमुख पात्रहरू खडक्या दमाई र धौंरी दमाईलाई राखेर उपन्यासको लोकापर्णण गरिएको हो ।
इलाममा तमु ल्होसार मनाइयो
आज तमु ल्होसार इलाममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाभर रहेका बौद्ध गुम्बाहरूमा विषेश पूजाआजा गरिएको छ ।
धार्मिक महोत्सवको तयारी पूरा
जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ ।
तराई झरेकाहरूले मनाए भुवा पर्व
कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् ।
भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न
उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।
घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय
बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् ।
मनाङमा मनाइयो तमू ल्होसार
मनाङका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाएका छन् ।
खेतबारीमा छाडा चौपाया आउन नदिन तारबार
छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि किसानले जङ्गल क्षेत्रमा तारबार गरेका छन् । वनमा रहेका छाडा चौपायालाई खेततर्फ आउन नदिनका लागि कैलालीको कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका किसानले तारबार गरेका हुन् ।
विष्णुपादुका मन्दिरमा पितृ श्राद्ध गर्न भक्तजनकाे भीड
धरान उपमहानगरपालिका-२० मा रहेको विष्णुपादुका मन्दिरमा पितृ श्राद्ध गर्ने भक्तालुजनहरूको बिहानैदेखि भीड लागेको छ ।
तराईमा शीतलहर : विपद् पूर्वतयारी कमजोर
धनुषा लगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ ।
सांसारिक जीवन
शारदाकुमारी मानन्धरकविता ः सांसारिक जीवनजीवन यो समस्यै समस्याले घेरिएको,कर्तव्य र दायित्वको डोरीले बेरिएको ।सांसारिक परिस्थितिको घेरामा परेको,अनौठो सामाजिक बन्धनमा बाँधिएको ।।१।।लाग्छ कहिले त बन्दीगृहको कैदीजस्तो,अनि आफैलाई लाग्छ जीवन साह्रै सस्तो ।अपराधबिना पनि आरोप लागेजस्तो,अत्याधुनिक संसारको नियम नै यस्तो ।।२।।एकातिर शक्तिमानहरूको बोलवाला,अर्कोतिर निमुखाहरूको निरिह हाल ।बलियाहरू र निर्धाहरूको चाल ढाल,देख्दा हुन्छ मनमा साह्रै उथल पुथल ।।३।।किन हुन्छ पक्षपात ईश्वरीय सृष्टिमा ?अनि हुन्छ उँचनिच मानवीय दृष्टिमा ।बुझ्नै सकिन्न यो विश्वलाई समष्टिमा,बादल अनि वर्षा र असिनाको वृष्टिमा ।।४।।पाको न्यूरोड, काठमाडौं ।
नाम्दु पाँडुडाँडा सडक निर्माण कार्य अन्तिम चरणमा
सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ ।