कोकिला ढकाल
इलाम, पुस १५ गते । आज तमु ल्होसार इलाममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाभर रहेका बौद्ध गुम्बाहरूमा विषेश पूजाआजा गरिएको छ ।
आजको दिन पूजाआजा, द्वीप प्रज्ज्वलन गर्दा आफ्ना विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको गुरुङ अगुवाहरू बताउँछन् । विशेषगरी गुरुङ समुदायले मनाउने यो ल्होसारलाई पछिल्लो समय अन्य समुुदायले पनि मनाउने गरेका छन् । गुरुङ समुदायले लगाउने भेषभुषा, गुम्बाहरूमा पूजाआजा गर्ने प्रचलन अन्य समुदायमा पनि बढेको नेपाल पत्रकार महासङ्घ इलामका पूर्व अध्यक्ष उमेश गुरुङ बताउनु हुन्छ ।
ल्होसारका अवसरमा इलाम नगरपालिकासहित सूर्योदय, माइजोगमाई, सन्दकपुर लगायत जिल्लाका सबै पालिकामा विभिन्न कार्यक्रम गरिएका छन् ।