रूपक र अनिशको ‘तिमी छौ र पो म छु’
लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत गायक पाण्डेकै रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गर्नुभएको हो ।
खाली सिसीभित्र सुन्दर कला
खाली सिसीभित्र कला । सुन्दा अनौठो लाग्छ तर पाटन मङ्गलबजारका विभूषण ताम्राकारले बोतलभित्र विभिन्न कलाकृति निर्माण गर्नुभएको छ ।
टप आर्टिस्ट विजेता
नेपाल टप आर्टिस्ट टिमले फाइनलमा झि पुचःलाई १–० ले हराएर प्रथम गणेशदेवी मानन्धर स्मृति नेवाः कलाकार फुटसल २०८१ को उपाधि जितेको छ ।
पोल्ट्री व्यवसायलाई बेवास्ता गरेको आरोप
निजी क्षेत्रको एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी भई आत्मनिर्भर रहेको कुखुरापालन (पोल्ट्री व्यवसाय) सङ्कटमा परेको गुनासो व्यवसायीले गरेका छन् ।
च्याउको गुणस्तरीय बिउ उत्पादनमा जोड
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादन र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने बताउनुभएको छ ।
लगानी गर्न निम्ता
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर थापाले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको बताउनुभएको छ । रोजगारीका अवसर र उत्पादन बढाउन निजीलगायत विदेशी कम्पनीलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।
औद्योगिक ग्राम सञ्चालन
सङ्घीय सरकारले निर्माण गरेको छ वर्षमा अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालनमा आएको छ ।
ग्लोबल आइएमईको प्रभातफेरी
ग्लोबल आइएमई बैङ्क लिमिटेडको १८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना भएको छ ।
गुणस्तर सुधार्न चियाको ‘कटिङ’
किसानका लागि वर्षभरि आम्दानीको स्रोत बन्ने चियाका बुट्यान काट्ने काम (कटिङ) सुरु भएको छ ।
क्लिङ्कर नहुँदा सिमेन्ट उद्योग बन्द
कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन सङ्कटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङ्कर उत्पादन छैन ।
दुई विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता
लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
समुन्नतिका लागि दलहरूबिच मेलमिलाप
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “देशमा प्रजातन्त्र नभए देश रहँदैन । राजा रहँदैनन् । हामीहरूको त कुनै भएन ।”
काठमाडौँकै पुल समस्याग्रस्त
सङ्घीय राजधानी काठमाडौँमा पुल निर्माणको अवस्था कमजोर हुनुका साथै कतिपय निर्माण भएका पुलसमेत अलपत्र परेका छन् ।
बाह्र सय जनाको बचत फिर्ता हुँदै
सरकारले सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन गरिरहँदा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम पनि धमाधम भइरहेको छ ।
रकम फिर्ता गर्ने भएपछि जङ्गम रिहा
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका ‘साई स्वागत सहकारी’ का अध्यक्ष भरत जङ्गम सोमबार रिहा हुनुभएको छ ।
मेलम्चीको पानी अवरुद्ध
काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।
नेपालमा रमाउनुहुन्थ्यो कार्टर
नेपालप्रेमी अमेरिकाका पूर्वराष्ट्रपति जेम्स अल कार्टर जुनियर (जिमी कार्टर) को एक सय वर्षको उमेरमा आइतबार अमेरिकामा निधन भयो ।
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
लमजुङको सुन्दरबजार नगरपालिका –२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका –२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।
‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण
आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति ‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण गरिएको छ । उपन्यासका प्रमुख पात्रहरू खडक्या दमाई र धौंरी दमाईलाई राखेर उपन्यासको लोकापर्णण गरिएको हो ।
इलाममा तमु ल्होसार मनाइयो
आज तमु ल्होसार इलाममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाभर रहेका बौद्ध गुम्बाहरूमा विषेश पूजाआजा गरिएको छ ।
धार्मिक महोत्सवको तयारी पूरा
जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ ।
तराई झरेकाहरूले मनाए भुवा पर्व
कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् ।
भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न
उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।
घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय
बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् ।